स्कुललाई सस्तोमा दाउरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७२, मंगलवार ०७:२८

डायकाठमाडौँ । सरकारले तराईका आठ जिल्लाका विद्यालयमा बिहानको कक्षा प्रभावकारी बनाउन सस्तोमा दाउरा उपलब्ध गराउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
मधेश आन्दोलनले साउनदेखि ठप्प रहेको विद्यालय दुई दिन अघिदेखि बिहान ११ बजेसम्म सञ्चालन हुन थालेको छ । शितलहर सुरु भएसंगै विद्यार्थी नियमित नआउने आशंकामा शिक्षा मन्त्रालयले दाउराको व्यवस्था गर्न लागेको हो ।
शिक्षाले तराईका जिल्लाहरुका विद्यालयले माग गरे अनुसारको सहुलियत दरमा दाउरा उपलब्ध गराइदिन भन्दै सोमबार वन मन्त्रालयलाई पत्राचार गरेको छ । शिक्षा मन्त्रालयले सोमबार सचिव स्तरीय निर्णय गरेर तराईमा सस्तोमा दाउरा उपलब्ध गराउन वन मन्त्रालयलाई पत्राचार गरेको हो । एउटा विद्यालयलाई कति दाउरा उपलब्ध गराउने भन्ने उल्लेख छैन ।
ुविद्यालयलाई जति आवश्यक पर्छ । त्यही अनुसार माग गर्न सक्छ,ुमन्त्रालयका एक अधिकारीले भने । शिक्षाले गरेको आग्रह वनले सहमती दिएमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका विद्यार्थीले यो सुविधा पाउने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१