के भयो राति बसेको सर्वदलीय बैठकमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:२३

k|d'v k|ltkIf;lxt tLg bnsf] a}7s   t/fO{–dw];df dw]; s]lGb|t bnsf] hf/L cfGbf]ng / tL bnsf dfusf ;DaGwdf 5nkmn ug{ k|wfgdGqL lgjf; afn'jf6f/df g]skf -Pdfn]_, k|d'v k|ltkIfL g]kfnL sfFu|]; / Pg]skf dfcf]jfbLsf g]tfaLrsf] a}7s . tl:a/M k|wfgdGqLsf] lghL ;lrjfno .

काठमाडौँ,७ मङ्सिर । मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसदमा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको आह्वानमा आइतबार राति सर्वदलीय बैठकले साझा धारणा बनाएर जाने सहमति गरेको छ।   बैठकमा आन्दोलनरत मधेसकेन्द्रित दलबाहेक संसद्‍मा प्रतिनिधित्व गर्ने अन्य सबै दलको उपस्थिति थियो।  बैठकपछि राप्रपा ९नेपाल०का अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मधेसमा जारी आन्दोलन र संविधान संशोधनका विषय, आपूर्ति व्यवस्थामा देखिएको असहजता, भारतबाट आपूर्ति र पारवहनमा भइरहेको अवरोधका विषयमा प्रधानमन्त्रीले सबै दलको साझा धारणा बनाएर जान प्रस्ताव गरेको जानकारी दिए।  उनले भने, “बैठकमा धारणा राख्दै विभिन्न दलका नेताले पनि यो समस्या कुनै पार्टीको, सत्तापक्ष वा प्रतिपक्षीको मात्रै नभएर मुलुककै साझा समस्या भएकाले यसमा साझा धारणा बनाएर जानुपर्नेमा सहमत हुनुभयो ।”  उनले संसदमा रहेका प्रमुख दलका शीर्ष नेतासँग फेरि बसेर थप छलफल गर्ने जानकारी दिए। विषयमा छलफल भएपनि साझा धारणा भने नबनेको उनको भनाइ थियो।  एकीकृत नेकपा ९माओवादी० का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा देशको परिस्थिति गम्भीर, जटिल बन्दै गएकोमा सबै दलको एकमत रहेको बताए।  अहिलेको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएर एकताबद्ध भएर समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै दलबीच समान मत रहेको पनि उनले जानकारी दिए।  उनले भने, “वार्ताका माध्यमबाट सहमति निकाल्न पनि ठोस रुपमै छलफल गरौँ, आजको छलफल पर्याप्त नभएकाले ठोस निश्कर्ष निकाल्ने गरी फेरि तुरुन्त अर्को छलफल गर्ने सहमति भएको छ ।”  राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले आजको बैठकमा प्रधानमन्त्री मधेस समस्या समाधानका लागि गम्भीर देखिएको र उनले कडा रुपमा कुरा राखेको जानकारी दिए। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१