उपप्रधानमन्त्री कमल थापाबाटै केपी ओलीलाई धम्की ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:१३

kamalकाठमाडौं, ७ मंसिर । दुई साताअघि भारत भ्रमणका लागि दिल्लीको टिकट बुकिङ गरेर पनि अचानक रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुवादीहरुसँग गर्न थालेको भेटघाटलाई रहस्यमयि मानिएको छ । स्रोतका अनुसार भारतीय नाकाबन्दीले जनजीवन आक्रान्त बनेको बेला दिल्ली जाँदा जनतामा नकारात्मक सन्देश जाने सुझाव शुभचिन्तकबाट आएपछि पूर्वराजा शाहले आफ्नो भ्रमण अचानक स्थगित गरेको बुझिएको छ ।
समाचार स्रोतका अनुसार तराईमा जारी मधेसी आन्दोलन जस्तै पहाडमा पनि हिन्दुवादी र आदिवासी जनजातिको आन्दोलन नचर्काएसम्म आफ्नो मिसन पूरा गर्न सजिलो नहुने सुझाव भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालका विभिन्न धार्मिक संघ÷संस्थालाई दिइरहेका बेला पूर्वराजा शाहले भेटघाट सुरु गरेकाले रहस्य मानिएको हो । यसै साता शिव सेना नेपालका अध्यक्ष अरुण सुवेदीले पूर्वराजा शाहसँग भेटघाट गरेको बुझीएको छ । संविधान निर्माण अघि सक्रिय भएका हिन्दुवादीहरु निष्क्रिय भएको बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा र केही धार्मिक संस्थाका प्रतिनिधिको सक्रियता बढेको छ । नाकाबन्दीको कारण मुलुक चीन र भारत तर्फ ध्रुवीकृत भइरहेको बेला जनताले राजसंस्थाको सम्झना गरेको भए पनि सक्रियता भने खोजेका छैनन् ।
स्रोतका अनुसार मंसिर ७ गते सोमबारदेखि आरम्भ गर्ने भनिएको शिवसेनाको आन्दोलनको सन्दर्भ पारेर सुवेदी निर्मल निवास गएकाले विभिन्न अड्कल काटिएको छ । शिवसेना नेपाल र भारतीय जनता पार्टी निकट शिवसेना भारतबीच भगिनी सम्बन्ध रहेको दाबी अध्यक्ष सुवेदीले गर्दै आएका छन् । तर संगठनात्मक हिसाबले शिवसेनाको उपस्थिति खासै छैन । हिन्दु अधिराज्यको नारा दिँदै आएपनि शिवसेना नेपालले अहिलेसम्म एक हजारजना जुलुस निकाल्न सकेको अवस्था छैन । भारतीय सहयोगमा चलेको संगठन भएका कारण अहिलेको नाकाबन्दीमा शिवसेना नेपालले आव्हान गरेको विरोध कार्यक्रममा जनसहभागिता जुट्ने होइन, त्यसको प्रतिकार हुने सम्भावना छ । तर ब्यानर शिवसेनाको भए पनि भारतवादीहरुको सहभागिता हुने भएका कारण अध्यक्ष सुवेदी निकै उत्साहित छन् । कम्युनिस्ट र क्रिस्चियनहरुको साँठगाँठमा मुलुकमा हिन्दु विरोधीहरुको चलखेल भएको नारा शिवसेना नेपालले अघि सारेको छ ।
समाचार स्रोतका अनुसार मधसी दलको माग सम्बोधन गर्ने क्रममा संविधान संशोधनको प्रस्ताव लैजाँदा हिन्दु राज्यको प्रस्ताव पनि लैजानुपर्ने माग राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले अघि सारेका छन् । प्रधानमन्त्री खड्क प्रसाद ओलीसँग भेट गरी उपप्रधानमन्त्री थापाले संविधान संशोधनको क्रममा हिन्दु राज्यको मागलाई सम्बोधन नगरिए, सरकार छाडेर आन्दोलनमा उत्रने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव लैजान ढिलाई गरिरहेका छन् । घटना र विचार साप्ताहिकमा खबर छ ।sajhapost बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१