बाबुरामको नयाँ शक्ति उद्घाटनमा उपेन्द्र यादवदेखि खगेन्द्र संग्रौलासम्म नयाँ शक्ति उद्घाटन कार्यक्रमका तस्बिर हेर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार ०६:४६

बाबाबकाठमाडौँ, ७ मङ्सिर  । एमाओवादी छोडेर नयाँ शक्ति गठनको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षीय कार्यकर्ताको भेला राजधानीमा सुरु भएको छ ।

आइतबार  धुम्बाराहीको एसआर पार्टी प्यालेसमा बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, लेखक खगेन्द्र संग्रौला लगायत उपस्थित भएका छन् ।

भेलामा कांग्रेस नेता प्रदीप गिरी,  नागरिक अगुवा पद्‍मरत्‍न तुलाधर, रविभक्ति श्रेष्ठ, एमएस थापा, डा केशवमान शाक्य, गोपाल दहिद, छाँया शर्मा, लगायत उपस्थित भएका छन् ।

भेलामा विभिन्न पार्टी र संस्थामा आवद्ध व्यक्तित्वको उपस्थिति रहेको छ । भेलाको उद्घाटन भट्टराईले ताली बजाएर गरेका छन् । भेलामा भट्टराईले नयाँ शक्तिको रणनीतिबारे प्रष्ट पार्ने बताइएको छ ।

भेलामा भट्टराईले विभिन्न जिल्लाका नयाँ शक्तिका प्रतिनिधिलाई समेत सहभागी गराएका छन् ।

भेलाको सभापतित्व रामचन्द्र झाले गरेका छन् । भेलामा विभिन्न क्षेत्रका व्यक्तित्वहरु शुभकामना दिन पुगेका छन् । भेलामा झण्डै एक हजार नेता कार्यकर्ता उपस्थित रहेको आयोजकले बताएका छन् । उद्घाटन सत्रपनि बन्द शस्त्र सुरु हुँदै छ ।

baburm 1 baburam 5 baburam 4 baburam 3

यसमा तपाईको प्रतिक्रिया

नयापेजबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१