मधेसी मोर्चाको नियन्त्रण बाहिर मधेस आन्दोलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार १३:३४

sfsdrfsdवीरगञ्ज ,४ मङ्सिर । मधेस आन्दोलन संयुक्त मधेसी मोर्चाको नियन्त्रण बाहिरबाट सञ्चालन हुन थालेको खुलासा भएको छ । बिहिबारमात्र मोर्चाले औषधी ल्याउन दिने निर्णय गरैकै राती मधेसी मोर्चाका कार्यक्रताले वीरगञ्जमा औषधी बोकेको ट्रकमा आगजनी गरेका छन् ।

चालक गाडीभित्रै रहेका बेला मोर्चाका कार्यकर्ताले ट्रकमा आगजनी गरेका हुन् । ट्रकमा आगो सल्किएपछि चालक ट्रक छोडेर भागेका थिए । आगजनीका कारण ट्रक काम नलाग्ने गरी जलेको छ भने ट्रकमा भएका औषधी सबै नष्ट भएका छन् ।

सलाइन पानीको लोड भएको ट्रकमा मधेसी मोर्चाका कार्यकर्ताले बिहिबार मध्यराती आगजनी गरेका हुन् । शिवरात्रि फर्मास्युटिकल्सको गोदामबाट लोड गरिएको ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेको स्थानीयबासीले बताएका छन् । मोर्चाको आगजनीबाट ट्रकमा भएको औषधी सबै नष्ट भएको छ ।

गोदामबाट लोड गरी वीरगञ्जहुँदै जनकपुरतर्फ जान लागेको ना २ ख ८२९२ नम्बरको ट्रकमा मधेसी मोर्चाका कार्यकर्ताले आगो लगाएका हुन् । ट्रकले नवीनम मेडिकल हल, जनकपुरको औषधि लोड गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१