१४ सचिवको सरुवा, कुन सचिव कुन मन्त्रालयमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७२, शुक्रबार ०७:३४

klutyकाठमाडौँ,४ मङ्सिर  । १४ सचिवको सरुवामा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ सचिवहरुको सरुवा गरेको हो ।

बैठकले अर्थ सचिवमा लोकदर्शन रेग्मीलाई ल्याएको छ भने गृहमा नारायणगोपाल मलेगोलाई तानेको छ । गृह सचिव सूर्य सिलवाल भुमिसुधारमा सरुवा भएका छन् ।

रमेशकुमार शर्मा महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् भने अर्थ सचिव सुमनप्रसाद शर्मा उर्जामा पुगेका छन । दिपेन्द्रनाथ शर्मा र विजयकुमार मल्लिक प्रधानमन्त्रीको कार्यालयमा तानिएका छन् ।

लक्ष्मण मैनालीले अब खेलकुद मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने भएका छन् । इश्वरीप्रसाद पौडेल शान्ति मन्त्रालय, धनबहादुर तामाङ उर्जा आयोग, उदयचन्द्र ठाकुर वन, शरदराज विष्ट सूचना आयोग, मधुप्रसाद रेग्मी महिला बालबालिका र राजेन्द्र किशोर क्षेत्री उपराष्ट्रपतिको कार्यालय सरुवा भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१