एमबिबिएसमा भर्ना विवाद, सयौँ विद्यार्थीको भविष्य अन्योलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७२, सोमबार ०७:०७

दसएमबिबिएस अध्ययनका लागि नेपालका विश्वविद्यालयलाई लाखौँ रुपैयाँ तिरेका विदेशी विद्यार्थी अन्योलमा परेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सरकारले मेरिटका आधारमा भर्ना लिन विश्वविद्यालयलाई निर्देशन दिएपछि विदेशबाट नेपालमा एमबिबिएस पढ्न भर्ना भएका विद्यार्थी अन्योलमा परेका हुन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा गरी भारत तथा अन्य देशका झन्डै तीन सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । शिक्षा मन्त्रालयले ३५ लाखभन्दा बढी शुल्क नलिन र मेरिट लिस्टका आधारमा मात्र भर्ना गर्न मेडिकल कलेजहरूलाई चेतावनी दिइसकेको छ ।
सरकारको चेतावनीपछि उनीहरू अन्योलमा छन् । शिक्षा मन्त्रालयले मेरिटका आधारमा भर्ना गर्न पटकपटक निर्देशन दिए पनि मेडिकल कलेजहरूले अटेर गरी चर्को शुल्क लिएर भर्ना प्रक्रिया अगाडि बढाइसकेका छन् । यसबीच सर्वोच्च अदालतले समेत भर्ना प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । भर्ना रोक्न शिक्षा मन्त्रालयले दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट अझै टुंगोमा पुग्न सकेको छैन ।
गोविन्दप्रसाद यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट दायर गरेपछि प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले मन्त्रिपरिषद्को निर्णयविपरीत भर्ना लिने प्रक्रिया रोकी छलफलका लागि आउन आदेश दिएको थियो ।
१३ कात्तिकमा सर्वोच्चले २९ कात्तिकका लागि पेसी तोकी विपक्षीलाई छलफलका लागि बोलाए पनि आइतबार छलफल हुन सकेन । सर्वोच्चले आगामी २ मंसिरका लागि पुनस् अर्को पेसी तोकी छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । नेपालमा एमबिबिएस अध्ययनका लागि भारत, माल्दिभ्स, अमेरिका, जर्मनी र अस्ट्रियालगायतका देशबाट विद्यार्थी आएका छन् । उनीहरूले प्रतिविद्यार्थी ६५ देखि ७० लाख रुपैयाँसम्म तिर्ने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१