एमालेले पाँच नयाँ मन्त्रीहरुको टुंगो लगायो,कसलार्इ कुन् मन्त्रालयको जिम्मेवारी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार १५:५७

uml_office_dhumbarahi_219218328काठमाडौं ।  नेकपा एमालेले थप पाँचजना नयाँ मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेबाट मन्त्री छान्ने जिम्मेवारी पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार बिहान बालुवाटारमा छलफल गरेपछि नयाँ मन्त्रीहरुको टुंगो लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले एमाले उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, वैकल्पिक पोलिट्ब्युरो सदस्य शेरधन राई र आनन्द पोखरेललाई मन्त्री बनाउने निर्णय गरेका हुन् । मन्त्री बन्न लागेकाहरुलार्इ सपथग्रहणका लागि प्रधानमन्त्रीको कार्यालयबाट खबर गइसकेको छ ।

 
एमालेका एक पदाधिकारीका अनुसार उपप्रधानमन्त्री बनेका भीम रावलले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उपमहासचिव विष्णु पौडेलले अर्थमन्त्रालय सम्हाल्ने भएका छन् । त्यसैगरी भोजपुरबाट निर्वाचित शेरधन रार्इ सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

एमालेबाट एकमात्र महिला अनुहार अष्टलक्ष्मी शाक्यलार्इ शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले दिने भएका छन् । पर्यटन मन्त्रालयको जिम्मेवारी आनन्द पोख्रेललार्इ दिइने पक्का पक्की भएको एमाले स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१