रावल उपप्रधानमन्त्री, पौडेल अर्थमन्त्री बन्ने पक्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७२, बिहीबार ११:५०

kp-oliकाठमाडौँ ,१९ कातिक।  सत्तारूढ दल नेकपा एमालेले भीम रावललाई उपप्रधानमन्त्री र विष्णु पौडेललाई अर्थ मन्त्री बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी ओली निकट पार्टी उप महासचिव पौडेल अर्थ मन्त्री र पूर्वप्रधानमन्त्री माधव नेपाल निकट पार्टी उपाध्यक्ष रावल उप प्रधानमन्त्री बन्ने पक्का भएको एमाले उच्च स्रोतले जनाएको छ ।
आज साँझ सम्ममा मन्त्रीमण्डल विस्तार हुनेमा एमाले नेताहरू सहमति भएका छन्। उपप्रधानमन्त्री रावलले रक्षा र सञ्चार मध्ये एक मन्त्रालय पाउने भएका छन्। अन्य मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्न बाँकी छ।
एमालेका ८ मध्ये तीन जना मात्रै मन्त्री भएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१