मतदान सकियो, मतगणनाको तयारी, बेलुका परिणाम घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १४:१४

timthumb (1)काठमाडौ,११ कातिक।  नयाँ राष्ट्रपति निर्वाचनका लागि बिहान ११ बजेदेखि जारी मतदान सकिएको छ। संसद् भवन नयाँ बानेश्‍वरमा अधिकांश सांसदले मतदान गरिसकेका छन्।

मतगणना सकिएपछि निर्वाचन समितिले परिणाम सभामुखलाई बुझाउने र बेलुका पाँच बोलाइएको संसद्‌को बैठक नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम छ। त्यसपछि मात्र बधाइ र शपथको कार्यक्रम तय गरिनेछ।

एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्‍चित छ।

राष्‍ट्रपतिमा विजयी हुन हाल कायम ५९७ मध्ये २९९ मत मात्रै प्राप्त गरे पनि पुग्छ।प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ३३८ ल्याएका थिए। त्यो मत सुरक्षित रहेकोले भण्डारीले जित निश्‍चित रहेको एमाले नेताहरुको दाबी छ। ओलीका प्रतिस्पर्धी सुशील कोइरालाले २४९ मत प्राप्त गरेका थिए। त्यतिबेला कांग्रेसलाई मत दिने मधेसी मोर्चाले भने यसपटक चुनावमा भाग लिएको छैन। कांग्रेससँग २०७ सांसद् छन्।

भण्डारीको पक्षमा स्पष्ट बहुमत देखिएको छ। एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२ र साना दलको २३ गरेर ३ सय ४० सांसदको मत परेको छ। यस्तै गुरुङको पक्षमा कांग्रेसको २ सय ७ मत मात्र परेको छ । मधेसी मोर्चाले मतदान बहिष्कार गरेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१