राष्ट्रपतिको निर्वाचन सुरु, मतदान गर्न सांसदहरु लाइनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १२:१६

timthumb (1)काठमाडौँ ,११ कातिक । राष्ट्रपतिको पद्का लागि मतदान सुरु भएको छ।
संविधानसभा भवनको ल्होत्से हलमा बुधबार विहान ११ बजे मतदान सुरु भएको हो। मतदानबाट राष्ट्रपति चयन गर्न लागिएको यो दोस्रो पटक हो। सात वर्ष पहिले पनि मतदानबाटै राष्ट्रपतिको चयन गरिएको थियो।
संसद् सचिवालयले ५ सय ९७ जना सांसद्लाई वर्णानुक्रम अनुसार तीन भागमा बाँडेर तीन वटा बुथको व्यवस्था गरेको छ। राष्ट्रपति पदका लागि नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ प्रतिस्पर्धामा छन्।
सांसद्हरुले लाइन लागेर दुई मध्ये एक उमेद्वारलाई भोट दिइरहेका छन्। संसद्मा ५ सय ९७ जना सांसद् रहेका कारण २ सय ९९ मत ल्याउने उमेद्वार विजयी हुने छ।
प्रस्तावक र समर्थक दलका आधारमा एमाले उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने निश्चिप्रायः छ। प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसका उमेद्वारलाई भोट हालेका ३५ सीट सहितका चार वटा मधेशवादी दलका ४२ सभासदले निर्वाचन वहिष्कार गरेका कारण काँग्रेसका उमेद्वार गुरुङले पराजय व्यहोर्ने पक्कापक्की छ।
संसद् सचिवालयले छापेको मतपत्रमा दुई उमेद्वारको नाम रहेकामा सांसद्हरुले एक उमेद्वारको नाममा रेजा लगाइ गोप्य मतदान गरिरहेका छन्। मतदान सकिएपछि संसद् सचिवालयले बुधबार नै मत परिणाम सार्वजनिक गर्नेछ। संविधानको संक्रमणकालीन व्यवस्था बमोजिम धारा २ सय ९७ अनुसार राष्ट्रपति पद्मा निर्वाचन गरिएको हो। बुधबार निर्वाचित हुने राष्ट्रपतिले संघीय संसद् र प्रदेश सभाका सदस्यले अर्को राष्ट्रपति चयन नगरेसम्म जिम्मेवारी सम्हाल्ने अवसर पाउने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१