एमाओवादीले पेरिसडाँडाबाटै सिंहदरबारमा कमाण्डिङ गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १०:४७

downloadकाठमाडौं,११ कातिक  । एमाओवादीले आफ्नो भागमा परेका सिंहदरबारका मन्त्रालयका लागि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट योजना बनाइदिने भएको छ।

एमाओवादीले सरकारमा सहभागी आफ्ना आठ मन्त्रीका लागि २३ बुँदे आचारसंहिता र १५ बुँदे मार्गनिर्देशिका बनाएर पार्टीबाटै मन्त्रालयका कामकारबाहीको योजना बनाउन लागेको हो।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको सरकार सञ्चालन सहयोग तथा समन्वय समितिले बनाएको आचारसंहिता र मार्गनिर्देशिकाले एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई व्यक्तिगत निर्णय गर्ने अधिकारबाट वञ्चित गराएको अन्नपूर्ण पोस्टमा खबर छ। मन्त्रीका स्वकीय सचिव र निजी सचिव पनि पार्टीले तोकिदिएका व्यक्ति मात्र हुनुपर्ने व्यवस्था मिलाइएको छ।

‘यसपटक हामी नयाँ ढंगले जान खोजेका छौं’, श्रेष्ठले भने, ‘पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले नेतृत्व गरेका मन्त्रालयको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना हामी बनाइदिन्छौं।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१