बाबुरामले के भन्न खोजेका हुन्ः बाबुरामको बकपत्रका संकेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १०:३८

Dr.-Baburamकाठमाडौँ, ११ कात्तिक । एकाएक पार्टी परित्याग गरेका र मधेश आन्दोलनलाई आफ्नो संभावित नयाँ शक्तिको आधार बनाउन चाहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक राष्ट्रिय दैनिकमा आफ्नो आत्मवृतान्त शैलीमा ‘इतिहासको कठघरामा एउटा बकपत्र’ शीर्षकको एक आलेख प्रकाशित गरेर आत्मआलोचना सहित नयाँ शक्ति बनाउन सक्ने वा नसक्ने कुराको अनिश्चित मनोदषा प्रदर्शन गरेका छन् ।

बुधबार प्रकाशित एक आलेखमा बाबुरामले आफ्नो जीवनको सपना देखि एमाओवादी पार्टी छोड्नु पर्नाको कारण तथा भावि योजनाबारे पनि बोलेका छन् । तर उनले बनाउने भनिएको नयाँ शक्ति बन्न सक्छ वा बन्न सक्दैन भन्ने विषयमा उनको आलेकले दोधार प्रदर्शन गरेको छ ।

प्रचण्डलाई बाबुरामको विदाइ डाइलग( टुकी र साइकलको राष्ट्रवाद

आफू सामान्य परिवारमा जन्मेर समाज परिवर्तन गर्न हिँडेको जिज्ञासु ब्यक्ति भएको भनेर आलेख शुरु गरेका बाबुरामले आलेखको अन्त्य पनि आफूलाई आइन्स्टाइनको भाषा प्रयोग गर्दै विशेष गुण भएको भन्दा पनि जिज्ञासु ब्यक्तिकोरुपमा मात्र देखाएका छन् ।

मा‌ओवादी आन्दोलन छिट्टै विघटन हुनुमा एमाओवादीको नेतृत्व सबैभन्दा बढी दोषी भएको भन्दै प्रचण्डलाई दोषी मानेका बाबुरामले त्यसका लागि केही हद सम्म आफु पनि जिम्मेवार रहेको स्वीकार गरेका छन् ।

पार्टी नेतृत्वमा निम्न पुँजीवादी विचलन आएकै कारण पार्टी यो अवस्थामा पुगेको र त्यस विरुद्ध लड्दा लड्दै आफु असफल भएपछि पार्टी छोडेको उनको स्पष्टीकरण छ ।

बाबुरामले पुरानै ढर्रामा रहेका प्रतिगामीहरुसँग सरकारका लागि प्रचण्डले गरेको गठबन्धनप्रति तिव्र असन्तु्ष्टी जनाएका बाबुरामले केपी ओली नेतृत्वको सरकारका लागि बनेको गठबन्धन अग्रगमनका लागि अनिष्टकारी संकेत भनेका छन् ।

फोन गरेका प्रचण्डलाई बाबुरामले भने( तरंगित नहुनुस् १

उनले भनेका छन् (‘म आफ्नो कमजोरीप्रति सार्वजनिक आत्मालोचना गर्छु। फेरि पनि विचलन, टुटफुट, विघटन र विसर्जनको अवस्थामा रहेको माओवादीरएमाओवादीभित्र नेता, कार्यकर्ता र समर्थक जनताको ठूलो पंक्ति बाँकी छ । त्यसलाई नयाँ आधारमा नयाँ ढंगले संगठित गर्ने सम्भावना अझै छ। संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम ९गच्छदार० लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन सरकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ। खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ।’

यो अनुच्छेदको पहिलो पंक्तिलले बाबुराम पार्टीमा फर्किन सक्ने वा पार्टीको एउटा पंक्तिलाई आफ्नो नयाँ शक्तिमा मिलाउन सक्ने सम्भावना उजागर गरेको छ ।

नयाँ शक्तिको आधार ५ ‘स’

बाबुराम भट्टराईले आफूले भन्दै आएको नयाँ शक्ति निर्माणको आधार पाँच ‘स’ रहेको बताएका छन् । उनका अनुसारः

पहिलो ‘स’– स्वाधीनतारसार्वभौमिकता स् दुई भीमकाय छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्दै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीतिको निर्माण विज्ञहरू सहितको व्यापक सहभागितामा गरिनुपर्छ। त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को विम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ विम्ब निर्माण गर्दै दुबैको तीव्र आर्थिक विकासबाट फाइदा लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुशरण गर्नुपर्छ। भारतसँगको केही जटिल सम्बन्धको हकमा उससँग तत्काल द्विपक्षीय पारस्परिक हितको व्यावहारिक सम्बन्ध राख्ने र दीर्घकालीन रूपमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितको ‘प्रगतिशील राष्ट्रवाद’को नीतिमार्फत उससँगको परम्परागत परनिर्भर सम्बन्धलाई अन्तरनिर्भर सम्बन्धमा बदल्ने रणनीति अवलम्बन गर्नुपर्छ। परराष्ट्र सम्बन्धको क्षेत्रमा रहेको वर्तमान अराजकता र अपारदर्शितालाई अन्त्य गर्दै सबै देशसँगको सम्बन्धलाई संस्थागत, पारदर्शी र मर्यादित बनाइनुपर्छ।

दोस्रो ‘स’– समावेशीरसमानुपातिकरसहभागितामूलक लोकतन्त्र स् नयाँ वैकल्पिक शक्तिको मुख्य भेद र पहिचान आन्तरिक पार्टी लोकतन्त्र र राज्य क्षेत्रको लोकतन्त्रमा गुणात्मक रूपले भिन्न प्रयोग र व्यवहार हुनेछ। त्यो भनेको पार्टी र राज्यका सबै अंग र क्षेत्रमा विनासर्त र बहाना समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास नै हो। अर्थात पार्टी र राज्यका सबै निकायमा विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा हुनैपर्छ। अझै सबभन्दा महत्त्वपूर्ण कुरा विद्यमान पार्टी र राज्यका अति–केन्द्रीकृत नोकरशाही ढाँचाको अन्त्य गरी पार्टीका अंगहरूमा कार्यकर्ताहरूको र राज्यका अंगहरूमा आम जनसमुदायको निरन्तर निगरानी, अनुगमन र हस्तक्षेप सुनिश्चित गर्ने सहभागितामूलक लोकतन्त्रको विधि विकास गरी लागू गरिनुपर्छ।

तेस्रो ‘स’– समतामूलक समृद्धि स् देशमा नयाँ शक्तिको मुख्य आवश्यकता र औचित्य भनेको सात दशकदेखिको राजनीतिक लोकतन्त्रको लडाइँबाट थिलथिलो भएका नेपाली जनतालाई छिटोभन्दा छिटो त्यसको आर्थिक प्रतिफल र समृद्धि दिलाउनु नै हो। त्यसको निम्ति केही दशकसम्म निरन्तर उत्पादनशील रोजगारी सहितको दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दै १० वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकसित अवस्थामा पुग्ने र ४० वर्षमा विकसित देशको कोटीमा पुग्ने आर्थिक विकास र समृद्धिको योजना विज्ञहरू र निजी क्षेत्र सहितको सहभागितामा निर्माण गरी कार्यान्वयन गरिनुपर्छ। साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने, निजी र राज्य क्षेत्रको सहकार्य हुने, कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने, स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने, विकास र वातावरणको सन्तुलन कायम हुने मौलिक विकास नीतिको अनुशरण गरिनुपर्छ।

चौथो ‘स’– समुन्नत समाजवाद स् नयाँ शक्ति निर्माणको विमर्शमा सम्भवतस् सबभन्दा ठूलो जिज्ञासा त्यसको वैचारिक आधारका बारेमा नै छ। यस सम्बन्धमा हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो। मूलतस् त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ। त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुनेछ। त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन, परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ।

पाँचौं ‘स’– सदाचाररसुशासनरसुसंस्कृति स् व्यावहारिक रूपमा नयाँ शक्तिलाई पुरानो शक्तिबाट छुट्याउने मुख्य कसी सदाचार, सुशासन र सुसंस्कृति हुनेछ। पुरातन राजनीतिक शक्तिहरूले राजनीतिलाई देश र समाजको निम्ति स्वेच्छिक सेवाको सट्टा निजी स्वार्थ पूर्ति गर्ने व्यवसाय र फोहोरी खेल बनाएकाले भ्रष्टाचार, कुशासन र कुसंस्कार नेपाली राजनीतिको पर्याय बनेको छ। त्यसैले सदाचारयुक्त स्वाभिमानी नागरिकहरू र आदर्शवान युवा पुस्ता राजनीतिबाट वितृष्ण र विमुख हुँदै गइरहेछन्। यसलाई उल्ट्याएर नयाँ शक्तिले राजनीतिलाई स्वच्छ, पारदर्शी स्वयंसेवाको रूपमा स्थापित गर्नेछ र दसौं लाख आदर्शवान युवाहरू र चरित्रवान नागरिकहरूलाई देशसेवामा परिचालन गर्नेछ। सार्वजनिक जीवन र राज्यका अंगहरूबाट भ्रष्टाचार उन्मूलन, सुशासनको प्रत्याभूति र समाजमा उन्नत संस्कृति र संस्कारको विकासलाई नयाँ शक्तिले आफ्नो प्रमुख कार्यभार बनाउनेछ। नयाँ शक्ति निर्माण अभियान नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया पनि ‘नयाँ’ हुनु नितान्त जरुरी छ। केही स्वार्थ मिल्ने व्यक्तिहरू मात्र बसेर एउटा छुट्टै राजनीतिक समूह वा दल घोषणा गरियो भने त्यो ‘नयाँ बोतलमा पुरानो रक्सी’मात्रै हुनेछ। त्यसको थप भार बोक्न नेपाली जनता अब अभिशप्त छैनन्। त्यसैले नयाँ सोच, नयाँ एजेन्डा र नयाँ आचरण सहितको नयाँ शक्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायबीच व्यापक छलफल, अन्तरक्रिया चलाएर सबैको स्वामित्व र अपनत्व कायम हुनेगरी निर्माण गरिनुपर्छ। त्यसका निम्ति विभिन्न पार्टीहरूभित्र रहेका, कुनै पनि पार्टी वा संगठनमा नरहेका व्यक्तिहरू, पेसाकर्मीहरू र मुख्यतस् नयाँ सोचले ओतप्रोत युवाहरूबीच व्यापक अभियान सञ्चालन गरिनुपर्छ। माथिबाट निर्देशितभन्दा पनि तलैबाट सहभागितामूलक ढंगले बन्ने शक्ति नै वास्तवमा नयाँ र दिगो शक्ति बन्नेछ। क्याम्पसमा, फ्याक्ट्रीमा, चौतारीमा, कार्यालयमा र घर—घरमा नयाँ शक्तिबारे बहस चलाएर र विभिन्न मुद्दाकेन्द्रित अभियानरआन्दोलनको बीचबाट नयाँ शक्ति बनेमा नै त्यो सार्थक हुनेछ।

बाबुरामले आफूले पार्टी छोड्दा कतिपयले आशंका ब्यक्त गरेको र कतिपयले दुष्प्रचार नै गरेको भन्दै आफू विचलित नभएको दावी गरेका छन् । आफ्नो पार्टी बहिर्गमन कुनै अदृष्य शक्तिका कारण वा अन्य केही अपारदर्शी उद्देश्यका लागि नभएको स्पष्ट पारेका बाबुरामले भनेका छन ‘ म सिक्न तयार छु। म गल्ती(कमजोरी सच्याउन तयार छु। म सकारात्मक सोच राख्छु र अरूलाई सकारात्मक सोच बाँड्न चाहन्छु। मैले जीवनमा आफ्नोनिम्ति सबै थोक प्राप्त गरिसकेको छु। मैले त अब बाँकी जीवनमा समाज, देश र मानव जातिलाई आफूले सकेजति दिने काममात्र गर्नुछ। लक्ष्मी र सरस्वती सँगै नबसेझैं सत्य र सत्ता अक्सर सँगै बस्दैनन् भन्ने मलाई थाहा छ। म तिनीहरूलाई सँगै राख्ने नयाँ घरको खोजीमा छु। अहिले म त्यही यात्रामा निस्केको छु। त्यस निम्ति म सहयात्रीहरूको खोजीमा छु। विशेषगरी युवाहरूको खोजीमा छु, जसले समृद्ध नयाँ नेपालको नेतृत्व गर्नेछन्।’

बाबुरामले आफ्नो आलेखको अन्त्यमा आफूबाट धेरै अपेक्षा नगर्नुस् भन्ने शैलीमा भनेका छन् आइन्सटाइनले भनेझैं, ‘मसँग कुनै विशेष गुण छैन। म उत्कण्ठापूर्ण जिज्ञासुमात्र हुँ।’

बाबुराम भट्टराई कुनै बेला देशमा सबैभन्दा आशा गरिएका नेताकोरुपमा रहेको विभिन्न सञ्चार माध्यममा गरिका सर्वेक्षणले देखाएको थियो । तर पछिल्लो समयमा पार्टी परित्याग र भारतीय नाकाबन्दीको बीचमा मधेश आन्दोलनमा उनले गरेको समर्थनले भने बाबुरामप्रति नकारात्मक धारणा बढेर गएको विश्लेषकहरु बताउँछन् । पछिल्लो आलेखले बाबुरामको आशावादिता भन्दा बढि निराशा र आगामी योजनाबारे अन्यौल बढी प्रदर्शन गरेको विश्लेषकहरुले बताएका छन् । कान्तिपुर दैनिकमा बुधबार प्रकाशित लेखमा आधारित – सम्पादक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१