राष्ट्रपति पदमा एमालेबाट भण्डारी र काँग्रेसबाट गुरुङको उम्मेदवारी दर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १३:४१

kb-gurungकाठमाडौँ, १० कात्तिक ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पदमा नेकपा९एमाले०की उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा भण्डारीको उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् ।
त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० का सांसद योगेन्द्र चौधरी, नेकपा ९माले०का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा ९संयुक्त०का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल रहेका छन् ।
सत्ता गठबन्धनमा सहभागी दलका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा भण्डारीको उम्मेदवारी दर्ता गराइएको एमालेका सचेतक गोकुल घर्तीले जानकारी दिए ।
एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सहमतिका आधारमा राष्ट्राध्यक्ष चयन हुन नसकेपछि दलहरुले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।

यता काँग्रेसका नेता कुलबहादुर गुरुङले व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराए ।
गुरुङको प्रस्तावमा काँग्रेसका महामन्त्री प्रकाशमान सिंह र समर्थकमा अर्का महामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले काँग्रेस पुरानो एवम् लोकतान्त्रिक पार्टी भएको र आफू त्यसको सक्रिय र पुरानो कार्यकर्ता भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिएको बताए ।

आफू विगतदेखि नै लोकतन्त्रको पक्षमा लगातार लड्दै आएकाले विजय सुनिश्चित भएको र संसद्मा रहेका सबै दलले सहयोग गर्ने समेत उनको भनाइ छ । संसद्को सार्वजनिक सुनुवाइ समितिका सभापतिसमेत रहेका गुरुङ काँग्रेसका पुराना नेता हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१