बहुमतीय प्रक्रियामा पनि सहमति खोजिने छः प्रधानमन्त्री ओली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:००

काठमाडौँ ,१०  कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनका लागि बहुमतीय प्रक्रिया थालिएपनि सहमतिका साथ अघि बढ्न सकिने बताएका छन् ।

kp oli

विजया दशमीका अवसरमा नेपाली काँग्रेसले दशरथ रङ्गशालामा आयोजना गरेको चियापान कार्यक्रममा उनले विगतमा राष्ट्रपति तथा प्रधानमन्त्रीको निर्वाचनमा नेकालाई सघाएको र त्यसपछि पनि सहमतिका साथ एकताबद्ध भएर अघि बढ्ने प्रयास भइआएको उल्लेख गरे।
सहमतिका साथ अघि बढ्न वाञ्छनीय भएकाले नेकालगायत सबै दललाई एमालेको प्रस्तावमा समर्थन जनाउन आग्रहका साथ पत्रसमेत पठाइसकेको उनले जानकारी दिए। उनले सभामुख र उपसभामुखको निर्वाचनले बहुमतीय प्रक्रिया भए पनि बिना विरोध निर्वाचन गर्न सकिने देखाएकाले बहुमतीय प्रक्रियामा गए पनि सहमतिका साथअघि बढ्न सकिने विश्वासका साथ नेत्री भण्डारीलाई प्रस्ताव गरिएको स्पष्ट पारे।

हालै भएको प्रधानमन्त्रीको निर्वाचनमा नेकाले समर्थन गरेको भए अहिले उक्त दलका राष्ट्रपतिका उम्मेदवारलाई समर्थन दिन सजिलो पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१