ओली ज्यू मन्त्रिपरिषद् कहिले पुरा हुने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार १६:१८

kp-oli-e1429887134306काठमाडौं,९ कातिक  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने सम्भावना बढेको छ ।

ओली प्रधानमन्त्री भएको आज १६ दिन पुगेको छ ।

ठुला दलहरु राष्ट्रपति उपराष्ट्रपतिको चक्करमा बाँडिएका छन् । प्रधानमन्त्रीमा सघाउने साना दलहरुको सङख्या धेरै भएकाले मन्त्री परिषद्ले पुर्णता पाउन नसकेको हो ।

आफ्नै पार्टी एमालेका नेताहरु समेत मन्त्रीका लागि धेरै आकांक्षी भएपछि प्रधानमन्त्री केपी ओली सकस परेका हुन् ।

एकीकृत माअ‍ोवादीको प्रस्ताब तथा राप्रपा नेपालको समर्थनमा केपी ओली गत २४ गते प्रधानमन्त्री चुनिएका थिए ।

एकीकृत माओवादीको तर्फबाटका मन्त्रीहरुले आफ्नो जिम्मेवारी सम्हाली सकेका छन् ।

तर सरकारको नेतृत्व कर्ता नेकपा एमाले स्वयमले मन्त्री छान्न ढिलाई गरेको छ ।

आन्तरिक विवाद र अत्याधिक महत्वकाक्षीका बिचबाट मन्त्री छान्न ढिलाई भएको भएपनि एमाले नेता झलनाथ खनालले अरु दलहसंग मन्त्रालय बाडफाँडका बिषयमा छलफल जारी रहेकाले मन्त्री मण्डल बिस्तारमा ढिलाई भएको बताए ।
सरकार जाने राप्रपा नेपाल, राप्रपा, लगायत अरु साना दलहरुको तर्फबाट पनि मन्त्रीको नाम सिफारिस भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१