राष्ट्रपतिमा विद्या भण्डारीलाई उठाउने एमालेको निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार १३:०५

काठमाडौँ ९ कार्तिक। नेकपा एमालेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको उम्मेदवारको रुपमा पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई अघि सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सहमतीय प्रक्रियाबाट राष्ट्रपति चुन्ने प्रक्रिया असफल भएपछि दलहरू बहुमतीय प्रक्रियामा गएका हुन् ।
लामो राजनीतिक यात्रा तथा महिलाको प्रतिनिधित्वलाई ध्यानमा राख्दै भण्डारीको नाम अघि सारिएको बैठकमा सहभागी एक नेताले बताए।यसअघि व्यवस्थापिका संसद्को सभामुखमा एमाओवादी नेतृ ओनसरी घर्ती निर्वाचित भएकी थिइन् ।bidhya-Bhandari
एमालेले राष्ट्रपतिको उम्मेदवार तय गरेपछि अब एमाओवादीले उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बाँकी छ । सहमतिका आधारका राष्ट्रपति चयन गर्न दलहरु असफल भएपछि संसदले बुहमतीय प्रक्रिया सुरु गरिसकेको छ ।
भोलि मंगलबार उम्मेदवारीको समय तोकिएको छ । ११ गतेको संसद बैठकमा मतदान हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१