राष्ट्रपति र उपराष्ट्रपति चुन्न म‌ंगलबार उम्मेदवारी दर्ता, बुधबार चार घण्टा गोप्य मतदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७२, आईतवार ११:३७

7439काठमाडौँ ,८ कातिक ।   व्यवस्थापिका–संसद्ले नेपालको राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ ।  राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको कार्यतालिका अनुसार नेपालको संविधानको धारा २९७ को उपधारा २ एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २९ र ३८ को उपदफा ९१० बमोजिम हुने राष्ट्रपति र उपराष्ट्रपति पदमा राजनीतिक सहमतिमा निर्वाचन सम्पन्न गर्न कात्तिक ८ गते अपराह्न ४ः३० सम्मको समय दिएको छ। राजनीतिक सहमति हुन नसकेमा कात्तिक ११ गते बिहान ११ः०० बजे निर्वाचन हुने भनी कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ। आज सुरु भएको कार्यक्रममा मतदाता नामावली प्रकाशन ४ः४० बजे र अन्तिम मतदाता नामावली प्रकाशन आज अपरान्ह ५ः३० बजे रहेको थियो ।  निर्वाचन तालिकाअनुसार कात्तिक ८ गते आइतबार राजनीतिक सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, प्रस्ताव बमोजिमको वर्णानुक्रमअनुसार नामावली प्रकाशन गर्ने र व्यवस्थापिका–संसद्को बैठकमा राजनीतिक सहमतिको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचित भएको घोषणा गरिनेछ।  राजनीतिक सहमति कायम नभएमा भने कात्तिक १० गते म‍ंगलबार दिनको १ बजेभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने, त्यसपछि नामावली प्रकाशन गर्ने, नामावली उपर दावी विरोध गर्ने, उम्मेद्वारी फिर्ता लिने र कात्तिक १० गते अपराह्न ३ बजे नै अन्तिम नामावली प्रकाशन गरिनेछ।  कार्यक्रम अनुसार कात्तिक ११ गते नै अन्तर्राष्ट्र्यि सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेदेखि २ बजेसम्म मतदान भई अपरान्ह २ः३० पश्चात मतगणना र अपरान्ह् ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसदको बैठकमा घोषणा गरिनेछ। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१