नेपालमा भारतीय हस्तक्षेपबिरुद्ध उभिन पाकिस्तानी नागरिकको चीन र संयुक्त राष्ट्रसंघलाई अपिल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७२, बिहीबार ०७:४६

Pakistani people wave national flags during a presentation of sweets from the Pakistani Rangers to the Indian Border Security Force to celebrate Pakistan's Independence Day at the Pakistan-India border at Wagah, 14 August 2007. Pakistan celebrated the 60th anniversary of independence on Tuesday with prayers and a national minute of silence, low-key festivities for a country in the grip of political and religious turmoil. AFP PHOTO/Arif ALI (Photo credit should read Arif Ali/AFP/Getty Images)

काठमाडौं  । नेपालकोे आन्तरिक मामालामा हस्तक्षेप गर्ने भारतीय शासकबिरुद्ध पाकिस्तानी नागरिकले कडा आपत्ती जनाएका छन् । भारतकाबिरुद्ध र नेपालका पक्षमा पाकिस्तानी नागरिकले सोसल मिडियाहरुमा कडा आपत्ती जनाईरहेका छन् ।
नेपालमा नयाँ संविधान जारी भएलगतै भारतले गरेको नाकाबन्दीलाई पाकिस्तानी नागरिकहरुले ‘स्वाधिन राष्ट्रमाथीको हस्तक्षेप’ भन्दै भारतको कडा विरोध गरेका छन् । पाकिस्तानका सोसल मिडिया प्रयोगकर्ताहरुले भारतबिरुद्ध उभिएको नेपाललाई आफ्नो पूर्ण सहयोग रहेको ऐक्यबद्धता समेत जनाएका छन् ।
भारतले नेपालको सार्वभौमिकता माथि नै हमला गरेपछि सामाजिक सञ्जाल ट्विटरमा ‘व्याक अफ इन्डिया’ भन्ने ह्यास ट्यागको वल्र्डवाईड ट्रेन्ड नै चलेको थियो । उक्त ट्रेन्डलाई साथ दिँदै पाकिस्तानीहरुले नेपालमा हस्तक्षेप नगर्न भन्दै भारतप्रति आक्रोसित ट्विट गरेका छन् । हाल ट्वीटरमा पाकिस्तानी प्रयोगकर्ताले ह्यासट्याग #PakStandsWithNepal लेखेर नेपालप्रति ऐक्यबद्धता जनाइरहेका छन् । पाकिस्तानी नागरिकहरुले सामाजिक सञ्जाल मार्फत नेपाल अत्यन्त विषम परिस्थितिमा गुज्रिरहेका कारण सहयोग गर्न चीन र संयुक्त राष्ट्रसंघलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१