उडानकै क्रममा पाइलटको निधन, प्लेनको आकस्मिक अवतरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७२, मंगलवार १२:५९

plane_1444103507बोस्टन । अमेरिकाको फिनिक्सबाट बोस्टन उडिरहेको अमेरिकन एयरलाइन्सको प्लेनमा उडानकै दौरान पाइलटको निधन भएको छ । हालसम्म निधन भएका पाइलटको नाम सार्वजनिक गरिएको छैन भने उनको के कारणले निधन भएको भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ । पाइलटको निधनपछि कोपाइलटले प्लेनको आकस्मिक अवतरण गराएका छन् ।
सोमबार भएको उक्त घटनामा प्लेनका स्टेवार्डले पाइलटको ज्यान जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन् ।
अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर ५५० को जहाज फिनिक्सबाट बोस्टन जाँदै थियो । पहिले प्लेन जोडले हल्लियो र तीव्र गतिमा खस्न थाल्यो । उक्त प्लेनमा यात्रु र प्लेनका कर्मचारी गरी १४० जना सवार थिए । त्यसपछि को पाइलटले माइकबाट पाइलटलाई सञ्चो नभएको भन्दै यात्रुहरुलाई नअत्तालिन जानकारी दिए । त्यसपछि उनले कन्ट्रोल रुममा सम्पर्क गर्दै आकस्किम अवतरणको लागि अनुमति मागे । त्यसपछि प्लेनलाई सायराकस विमानस्थलमा अवतरण गरियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१