दुःख साट्न महिलाले अब भाडामा पुरुष लिन पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ आश्विन २०७२, आईतवार १०:१६

Ikemeso-serviceजापानमा नयाँ सेवा सुरु भएको छ । काममा व्यस्त र साथि बनाउन नपाएका महिलाहरुले भाडामा पुरुष साथी लिन पाउनेछन् । उनीहरुले आफू बेखुसी वा उच्च तनावमा भएका बेला त्यस्ता पूरुषलाई बोलाउन सक्छन् । लाईसेन्स प्राप्त पुरुषहरुले रुने थेरापी गरेर महिलाहरुको तनाव घटाउन भूमिका खेल्छन् । सेप्टेम्बर २४ बाट जापानमा यस्तो सेवा सूचारु भएको थियो र अहिले थुप्रै महिलाहरु यस्तो सेवामा आकर्षित छन् । आफ्नो अवस्थाअनुसार महिलाहरुले तनाव हटाउन भाई, बौद्धिक व्यक्ति, ब्याड ब्वाई र आकर्षक पुरुष बोलाउन सक्छन् । सबैको विशेषता फरक फरक हुनेछ । यस्तो योजना बनाउने हिरोकी तेराई भन्छन्, टोकियोमा काम गर्ने जापानी महिलाहरु निकै तनावमा हुन्छन् । कहिलेकाँही रुन्छन् समेत । हामी उनीहरुको आँशु हटाउन चाहन्छौँ ।
केहीले यस योजनालाई यौनकार्यका रुपमा विश्लेषण गरेका छन् । तर तेराई यसलाई खण्डन गर्छन् । उनी यस योजनाको सुरुआतबाटै महिलाहरुले पुरुष बोलाउने काम सुरु भएको बताउँछन् । उनी महिलाहरुलाई रुवाएर उनीहरुको तनाव घटाउन र राम्रो अनुभव गराउन मात्रै यस्तो योजना ल्याइएको बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१