हलीउड अभिनेत्री म्यारिओन भन्छिन्,’नारीवादले विखण्डन ल्यायो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ आश्विन २०७२, बिहीबार ०६:१५

marrionओस्कार अवार्ड विजेता हलीउड अभिनेत्री म्यारिओन कोटिलार्डले हलिउडमा नारीवादको कुनै स्थान नरहेको बताएकी छिन् । एक म्यागाजिनसँगको अन्तरवार्तामा अभिनेत्री म्यारिओनले ‘नारीवाद’ले झनै पुरुष र महिलाबीचमा विखण्डन ल्याएको बताइन ।

‘चलचित्र मेकिङ भनेको लैंगितकताका लागि हैन,’ ३९ वर्षीया म्यारिओनले थपिन्, ‘यसका लागि तपाईं कान्स वा त्यस्तै फिल्म फेस्टिभलमा पाँच चलचित्र पुरुष र पाँच चलचित्र महिलाले नै निर्देशन गरेका राखिनुपर्छ भनेर राष्ट्रपतिलाई गएर भन्न सक्नुहुन्न ।’
उनले नायिकाले नारीवादी हुनुमा विरोध गरे पनि नारी अधिकारका बारेमा भने लड्न आवश्यक रहेकोमा उनले उत्तिकै जोड दिएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१