त्यस्तो गाउँ जहाँ १२ वर्ष पुगेपछि केटी बन्छन् केटा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ आश्विन २०७२, सोमबार ०६:४५

keti-ketaएजेन्सी–डोमिनिकन रिपब्लिकमा एउटा त्यस्तो गाउँ छ जसमा कुनै पनि परिवारमा जन्मिएका कुनै पनि बालिका किशोरावस्थामा पुगेपछि बालक बन्छन् । देशको दक्षिण पश्चिम इलाकास्थित सैलिनास गाउँमा फैलिएको एक अचम्मको बिरामीले यस्तो स्थिती सिर्जना गरेको हो ।
यस गाउँमा कुनै पनि बच्चा जन्मदा केटी भएपनि किशोरावस्थामा केटा बन्छन् । गाउँमा यस्तो प्रचलन बढ्दै गएपछि अब यो स्थितीलाई सामान्य मान्न थालिएको छ । गाउँमा जस्तै घटना जोनी नामको एक बालकसँग घट्यो । उनी जन्मदा केटी थिए । यस गाउँमा जन्मने बच्चा एउटा अचम्मकै रोगका साथ जन्मने गरेका छन् । जसका कारण जन्मदा बालकको लिंग निकै छोटो हुन्छ र जन्मिएको बच्चा बालक हो या बालिका भने छुट्याउन सकिदैँन । बिस्तारै उमेरसँगै लिंग बढ्दै जान्छ र किशोरावस्था आइपुगेपछि बालिका भनिएका थुप्रै बच्चा बालक बन्छन् ।
त्यसैकारण डिहायडो टेस्टोस्टेरोन नामक पूरुष सेक्स हार्मोन ठीक तरिकाले बन्न पाउँदैन । यस बिरामीका कारण १२ वर्षपछि मात्रै लिंगले पूर्ण रुप लिन्छ । अहिले २४ वर्षको भइसकेका जोनका अनुसार बच्चामा उनका बाबुआमालाई उनी छोरा हुन् भन्ने थाहा थिए । उनी घरमै जन्मिएका थिए ।
जब उनी केटा रहेको पहिचान भयो, त्यसपछि मात्रै जिन्दगी आनन्दको लाग्न थालेको उनले बताएका छन् । सन् १९७० मा वैज्ञानिक कर्णेलले यस गाउँको भ्रमण गरेपछि यस्तो समस्या पत्ता लागेपछि समाधान अझै भेटिएको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१