कुन–कुन देशले गरे नयाँ संविधानको स्वागत ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ आश्विन २०७२, बुधबार १०:२६

काठमाडौँ   । अमेरिका , फ्रान्स, जर्मनी, युरोपेली युनियन ईयूले नयाँ संविधानको स्वागत गर्दै नेपाललाई बधाई दिएका छन् । उनीहरुले संविधानमै अडेर समस्या समाधान गर्दै असन्तुष्ट पक्षलाई सम्बोधन गर्नसमेत सुझाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले मंगलबार वक्तव्य जारी गर्दै नेपालको लोकतान्त्रिक यात्रामा संविधान घोषणा महत्त्पूर्ण कोसेढुंगडा भएको उल्लेख गरे । ‘सबै नेपालीलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।

सबै नेपालीका विचार समेट्न जारी राख्नुपर्ने अमेरिकी सुझाव छ । भूकम्पपछि पुननिर्माणमा जुटेको वर्तमान अवस्थामा अमेरिका सहयोग गर्न तयार रहेको पनि उल्लेख छ ।

भारतले नयाँ संविधानबाट नेपालको शान्ति पूरा भएको टिप्पणी गरेको छ ।
यसअघि बेलायत, चीनलगायत मुलुकले संविधान घोषणाप्रति खुसी व्यक्त गर्दै स्वागत गरिसकेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१