नेपालको संविधानलाई अमेरिकाको स्वागत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७२, मंगलवार १२:०६

काठमाडौं ५ असोज। नेपालको संविधानलाई अमेरिकाले स्वागत गरेको छ। लोकतान्त्रिक, संघीय तथा समावेशी संविधान ल्याएकोमा अमेरिकाले नेपाली जनतालाई बधाइ दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले वक्तव्य निकालेर लोकतन्त्रप्रतिको दृढ प्रतिवद्धताका लागि नेपाली जनतालाई बधाइ दिएका छन् । उनको वक्तव्यमा उल्लेख छ, ‘संयुक्त राज्य अमेरिका नेपाली जनतालाई उनीहरूको लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताका लागि बधाई ज्ञापन गर्दछ । नेपालको लोकतान्त्रिक यात्रामा संविधानको घोषणा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो ।’

साथै अमेरिकाले सरकारले सबै नेपालीको विचारहरुलाई समेट्ने प्रयत्न जारी राख्नु पर्ने बताएको छ । वक्तव्यमा भनिएको छ, ‘सबै नेपालीहरूलाई शान्तिपूर्ण तथा अहिंसात्मक माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न भइरहन हामी प्रोत्साहित गर्दछौँ । र, जनताले ती लोकतान्त्रिक अधिकारहरू व्यक्त गरेको बेलामा नेपाली सुरक्षा फौजलाई संयमता अपनाउन हामी आह्वान गर्दछौँ ।’

अमेरिकाले नेपाल सरकार र नेपाली जनता लोकतान्त्रिक मार्गमा अघि बढेको र भूकम्पपछि पुनर्निमाणमा जुटेको भन्दै यस्तो घडीमा सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१