शिक्षण पेसासँगै व्यावसायिक माछापालनलाई बढावा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ भाद्र २०७२, बिहीबार ०७:०१

imagesबर्दिया । घर नजिकै पोखरी बनाएर पालेको माछाबाट राम्रो आम्दानी भएपछि बर्दियाका एक शिक्षकले शिक्षण पेसासँगै व्यावसायिक माछापालनलाई बढावा दिएका छन् ।
नेपाल राष्ट्रिय माद्यमिक विद्यालय धानौरा ढोढरीका प्रधानाध्यापक भिमबहादुर चौधरीले शिक्षणसँगै व्यावासायिक माछापालनलाई बढवा दिएका हुन् ।
सुरुमा व्यक्तिगत प्रयोजनका लागिमात्र माछापालन गरेका उनि अहिले विस्तारै व्यावसायिक बन्नुभएको छ । विसं २०६७ मा सूर्यपटुवा–८ खैरनीमा एक बिगाहा जग्गा भाडामा लिएर माछापालन सुरु गरेका प्रधानाध्यापक चौधरीले हाल तीन बिगाहा जग्गा खरिद गर्न सफल भएका छन ।
उहाँले यो व्यवसायमा राम्रो कमाइ देखेपछि नजिकैको जमिनदारको खाली जग्गा किनेर माछापालन गरेको बताए । सुरुको वर्ष एक क्विन्टल माछा उत्पादन भएकामा हाल डेढदेखि दुई क्विन्टलसम्म उत्पादन भइरहेको उनको भनाइ छ ।
दिनभरि शिक्षण पेसामा व्यस्त हुने उनले साँझ बिहान पोखरीको हेरचाह गरेर समय बिताउहुन्छ । माछापालनबाट वार्षिक रु चार लाख आम्दानी हुन थालेपछि चौधरीले यो वर्षदेखि तीन बिगाहामा माछापालन विस्तार गरेका छन ।
शिक्षण पेसाबाट आउने तलबभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी हुन थालेको उहाँको भनाइ छ । चौधरीले व्यावसायिक माछापालनसँगै बङ्गुर तथा कुखुरापालन पनि गरेका छन ।
शिक्षण पेसा अँगाले पनि कृषि व्यवसायमै आफ्नो र परिवारको भविष्य देखेको चौधरी बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१