सामाजिक संजालमा जातीय सद्भाव बिग्रने अभिव्यक्ति दिएको आरोपमा आङकाजी शेर्पा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ भाद्र २०७२, बुधबार १५:५०

काठमाडौं। जातीय सद्भाव विग्रिने गरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा प्रहरीले आदिवासी जनजाति महांघका पूर्वमहासचिव आङकाजी शेर्पालाई  पक्राउ गरेको छ ।

an
समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले शेर्पासँग सोधपुछ गरेको बताईएको छ  ।
शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।

अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उछृंखल अभिव्यक्ति दिँदै हिँडेकाले शेर्पालाई पक्राउ गरिएको  जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१