महोत्तरीमा कांग्रेस पार्टी कार्यालयमा तोडफोड,स्थिति तनावग्रस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १२:५७

महोत्‍तरी १५ भाद्र। महोत्‍तरीको जलेश्‍वरस्थित कांग्रेस पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका छन्।  तोडफोडमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रहरीले भीड नियन्त्रण गर्न लाठी र अश्रुग्‍यास हानेको छ। झडपले महोत्‍तरीको स्थिति तनावग्रस्त बनेको छ।g

सरकारको नेतृत्व गरेको र आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै उनीहरुले कांग्रेस कार्यालयमा ढुंगामुढा प्रहार गरी पेट्रोल छर्केर आगो लगाएका थिए । यसअघि सोमबार मधेसी मोर्चाका कार्यकर्ताले राजविराज नपा.८ स्थित १ नं. नापी टोली शाखा कार्यालयमा जलाएका थिए। उनीहरुले गाडी तोडफोडको प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१