वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १५:०८
 jadapबीरगञ्ज,१४ भाद्र  । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाइ फायर गरेको छ ।झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१