खोटाङमा तरकारी बेचेको पैसाले शिक्षकको तलव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार ०६:४४

money1खोटाङ  । आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती सुरु गरिएको हो । दुई वर्षअघि देउसी खेलेर सङ्कलन गरिएको रु ४३ हजार रकमबाट तरकारीखेती सुरु गरिएको विद्यालयले जनाएको छ ।

आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताए । “तरकारीखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेको छ ।” आचार्यले भने, “विद्यालय आफैँले व्यावसायिक तरकारीखेती सुरु गरेपछि विद्यार्थीसमेत यसप्रति आकर्षित भएका छन् ।”

विद्यालयको दुई र भाडामा लिइएको दुई गरी चार रोपनी जग्गामा विभिन्न प्रकारका तरकारीखेती लगाइएको प्रधानाध्यापक आचार्यले बताए । व्यावसायिकरुपमा सुरु गरिएको तरकारीखेतीमा शिक्षक, अभिभावक र विद्यार्थीले हरेक शुक्रबार १ बजेदेखि काम गर्ने गरेका छन् । व्यावसायिक रुपमा सुरु गरिएको तरकारीलाई आवश्यक पर्ने विषादी विद्यालय आफँैले तयार गर्ने गरेको छ । विद्यालयले उत्पादन गरेको तरकारी स्थानीय हाटबजारमा बिक्री हुने गरेको छ । निजी स्रोतबाट सञ्चालन गरिएको विद्यालयमा सोही आम्दानीबाट शिक्षकलाई तलब भुक्तानी दिन थालिएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

विसं २०४९ फागुन ४ गते स्थापना गरिएको विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १ सय ८१ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१