डा. केसीको अनसनमा कांग्रेस नेता एवं सभासद जगदिश्वरनरसिंह केसीको ऐक्यवद्धता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार १९:२९

jagadish-jiकाठमाडौं,१२ भाद्र । डा गोविन्द केसीले थालेको आमरण अनसनमा ऐक्यवद्धता जनाउनेहरुको संख्या बढीरहेको छ ।

अघिललो पटकको अनशनमा पनि समर्थन जनाउँदै संसदमा समेत उनको कुरा उठाएका कांग्रेस नेता एवं सभासद जगदिश्वरनरसिंह केसीले डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

jagadishकेसीको अनशनको पाँचौं दिन शनिबार सभासद केसीले शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेका हुन् । डा केसीसँगको भेटपछि सभासद केसीले उनको अवस्था थप गम्भिर बन्दै गएकाले उनको जायज माग तत्काल पुरा गर्न सरकारसँग माग गरे ।

उनले डा. केसीले उठाएका जायज माग पुरा गरेर राज्यले आफ्नो दायीत्व पुरा गर्नुपर्ने बताए । यस अघि सभासद केसीले कैलालीको टिकापुर घटनामा मारिउका प्रहरीका परिवारजनलाई उचित सम्मान, राहत र रोजगारिको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभासद केसीले समाज परिवर्तकालागि आवाज उठाएका गोविन्द केसीको माग पुरा नहुन्जेल आफु पनि उनलाई साथ दिने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१