बच्चाको सालनालबाट बायोग्याँस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार १०:३०

काठमाडौं । बच्चाको सालनाल प्लासेन्टाबाट पनि बायोग्याँस उत्पादन हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, दैनिक रुपमा नेपालकै सबैभन्दा बढी प्रसूति गराउने परोपकार प्रसूति अस्पताल थापाथलीले सालनाललाई नै कच्चा पदार्थका रुपमा प्रयोग गरेर बायोग्याँस निकाल्ने तयारी गरेको छ ।

अस्पतालले यसै वर्षबाट बायोग्याँस उत्पादन गर्न कार्ययोजनासमेत तयार गरिसकेको जनाएको छ । कार्ययोजनाअनुसार सरकारले ३० लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । यसका साथै बायोग्याँस उत्पादनका लागि अस्पतालले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग प्राविधिक तथा अन्य सहयोगका लागि प्रस्ताव पेस गरेको छ ।
प्रसूति अस्पतालमा सरदर दैनिक रुपमा ३५ देखि ४० सालनाल निस्कने गरेको छ । त्यसरी उत्पादन भएको सालनाल र दैनिक रुपमा खेर जाने खानेकुरा मिलाएर बायोग्याँस निकाल्ने तयारी भएको अस्पतालका निर्देशक प्रा।डा। जागेश्वर गौतमले बताए । गत वर्ष दैनिक सरदर ५१ जना बच्चा जन्म भएको र त्यसबाट ३५ देखि ४० केजीसम्म सालनाल निस्केको उनले बताए ।आजको राजधानी दैनिक बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१