‘सय रुपैयाँ घुस नदिएपछि नर्सले बच्चा मारिन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार १०:१७

एजेन्सी । ओडिसाको कटनस्थित सरदार बल्लभभाइ पटेल पोस्ट ग्रायाजुएट इन्ष्टिच्युट अफ पेडियाट्रिक्स’ मा सात दिनमा ३५ नवजात शिशुको मृत्यु भएपछि पूरै राज्यमा खलबली मच्चिएको छ । शिशु भवन नामबाट चर्चित पूर्वी भारतको मुख्य बाल अस्पतालमा बुधबार रातिदेखि बिहबिार साँझसम्ममा पाँचजना शिशुको मृत्यु भइसकेको छ । बच्चा मर्ने सिलसिला अघिल्लो बिहीबारबाट सुरु भएको थियो । एकैपटक यति धेरै शिशुको मृत्युको कारण खोज्न राज्य सरकारले निर्देशक , मेडिकल एजुकेसन एन्ड ट्रेनिङ सेन्टर ९डिएमइटी० विकासचन्द्र महापात्राको नेतृत्वमा जाँच समिति गठन गरेको छ । समिति अहिले अस्पतालमा छ, तैपनि नवजात मर्ने सिलसिला रोकिएको छैन । बच्चा गुमाएकी एक आमाले एक सय रुपैयाँ घुस नदिएका कारण नर्सले आफ्नो बच्चाको नाकमा राखिएको अक्सिजनको नली निकालेको दाबी गरेकी छिन् । अस्पतालका अधिकारीहरुले उनको आरोपलाई गम्भीरताका साथ लिएको र त्यसबारे जाँच भइरहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१