होशियार यी आठ खराब बानी, जसले तपाईंलाई छिट्टै बुढो बनाउँदैछ..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार ०९:४७
हामीलाई थाहा नै हुँदैन दैनिक हुने केही यस्ता गल्ती छन्, जसले हामीलाई दिन प्रतिदिन बुढो बनाइरहेको हुन्छ । अनि हामी उमेर नपुग्दै पाको देखिन थाल्छौं । यस्तो देखिन सायदै कसैलाई मन पर्ला ।
तर यस्तो हुनुमा हाम्रै सानातिना भूलहरुले भूमिका खेलिरहेको हुन्छ भन्ने कुराचाहीँ कमैलाई थाहा होला । त्यसैले स्वास्थ्य सम्बन्धी विभिन्न साइटहरुको सहयोगमा हामीले त्यस्ता खराब बानीको सूची प्रस्तुत गरेका छौं । जसले तपाईंको उमेर घटाइरहेको छ र समयअगावै बुढो बनाउँदै छ ।
एकसाथ धेरै काम गर्नु
एकसाथ दुई वा दुईभन्दा बढी काम गर्नु र दैनिक घटौंसम्म काममा खटिनु मानव स्वास्थ्य र शरीरका लागि हानिकारक छ । क्यालिफोर्नियास्थित सेन्ट रोजफ अस्पतालका मेडिकल स्टाफ रेमन्ड कास्कियारी भन्छन्, ‘एकसाथ धेरै काम गर्नुलाई कतिपयले राम्रो मान्लान्, तर यसले गिमागमा धेरै तनाव बढ्छ, जसको सिधा असर शरीरमा पर्न जान्छ ।’ रिसर्चका अनुसार तनावले बुढ्यौली छिट्टै ल्याउँछ ।
धूम्रपान
धूम्रपानले केही दिनमै छालामा गलत असर पर्न थाल्छ । यसले छालालाई छिट्टै चाउरी पनि पर्न थाल्छ । साथै धूम्रपानले शरीरमा भिटामिन सीको स्तर पनि घटाउँछ । जबकी भिटामिन सीको काम नै छालालाई सुख्खा हुन नदिने र आवश्यक मोइस्चर कायम राख्ने हो । साथै निकोटिनले छालाको चमक खोस्ने र चाउरी पार्ने काम गर्छ ।
निद्राको कमी
निद्राको कमीले आँखामा मात्रै होइन मानिसको आयूमा पनि असर गर्छ । क्यालिफोर्नियाको सेन्ट जोसेफ अस्पतालका डाक्टर कास्कियारीका अनुसार दिनमा कम्तिमा ७ घण्ट सुत्नु अति आवश्यक छ । साथै निद्राको कमीले दिमागमा बोझ र वजन पनि बढ्न थाल्छ । यसो भन्दैमा धेरै सुत्नु फाइदाजनक हुन्छ भन्ने छैन । ठिक्क सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
धेरै बस्नुधेरै बस्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले मुटु रोग, क्यान्सर तथा मोटोपनको खतरा बढ्छ । ब्रीटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार नियमित कसरतबाट यस्तो खतरा कम गर्न सकिन्छ । साथै यसले हाम्रो आयु पनि बढाउँछ । जसले हप्तामा कम्तिमा  १ सय ५० मिनेट कसरत गर्छ, उसको आयु कसरत नगर्नेहरुको भन्दा १० देखि १३ वर्ष बढ्दछ ।
ठूलो स्वरमा म्यूजिक सुन्नु
कानमा पर्ने असरले पनि मानिसलाई उमेर नपुग्दै बुढो बनाइदिन्छ । जसले निको ठूलो आवाजमा म्यूजिक सुन्छ, उसको सुन्ने क्षमता पनि विस्तारै कम हुँदै जान्छ । खासगरी हेडफोनमा ठूलो आवाज सुन्नु हाम्रालागि निकै नोक्सानदायक हुनसक्छ ।
अत्याधिक मेकअप
डा. स्टूअर्टका अनुसार मेकअपका कारण आउँदै गरेको बुढोपन छिट्टै थाहा हुँदैन । यसको असर केही वर्षमा देखिनथाल्छ । जसमा बढी केमिकल, अल्कोहल र सुगन्ध हुन्छ, त्यस्तो प्रोडक्टले छालालाई छिट्टै असर गर्छ । यसले अनुहारमा आवश्यक बोसो पनि घटाउँछ भने उमेर अगावै चाउरी पर्न थाल्छ । तपाईं दैनिक मेकअप गर्नुहुन्छ भने पनि सुत्नुअघि राम्रोसँग मुख धुन नभुल्नुस् ।
धेरै मिठाइ खानु
ज्यादा गुलियोले पनि मानिसको उमेर तथा छालामा असर गर्छ । सन डिएगोका छाला रोग विशेषज्ञ स्टुअर्ट भन्छन्, ‘सुगरको मोलिक्यूले छालाका केशिकाहरुसँग मिलेर त्यसलाई सुख्खा बनाइदिन्छ । यसले छाला निकै फुस्रो र चमकविहीन देखिन थाल्छ । साथै आँखाको मुनी कालो घेरा बस्न थाल्छ, साथै छाला चाउरी पनि पर्छ ।
 
यस्तो खानु फाइदाजनक
ब्रुक्लिनका पोषण विशेषज्ञ फ्रांकी कोहेनका अनुसार ओमेगा-३ फ्याटी एसिड, जुन मेवा र माछामा पाइन्छ, यसको सेवन हाम्रालागि निकै लाभदायक हुन्छ । यसले छालामा आवश्यक चमक बनाइराख्छ भने चाउरी पर्न पनि दिँदैन । यसले मुटु र दिमागलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।  एकेडेमी अफ न्यूट्रिशन एन्ड डायटीटिक्सका अनुसार हप्तामा दुई पटक माछा वा मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१