केराको सेवनको ८ काईदा जसले दिन्छ तपाईलाई फाईदा फाईदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार ११:४९
 
 केरा केवल हाम्रो स्वास्थ्यका लागि मात्रै होइन छाला, कपाल तथा सारा घरेलु कामका लागि पनि निकै फाइदाजनक छ । केराको केही फाइदाका बारेमा हामी सबैले जाने पनि यसको वृहत्तर फाइदाका बारेमा भने अन्जान छौं । र पनि हामीले केरा खाइरहेका छौं । केराका फाइदाहरु यस्ता छन् ? तनाव कम गर्छ केराले तनाव कम गर्न सहयोग गर्छ । केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ, जसले दिमाखलाई स्फूर्त बनाउँछ । तनावग्रस्त व्यक्तिले केरा खाँदा आनन्द महसुस गर्छन् । केराले जुत्ता चम्काउँछ केराले जुत्ता, छालाजन्य सामान, सिल्वर पालिस गर्न सकिन्छ । केरा छिलेर जुत्ता, छालाजन्य सामान र सिल्वरमा रगेड्दा उसमा चमक आउँछ । दाँतको चमक बढाउछ दाँतको चमकाउन चाहानु हुन्छ भने केरालाई छिलेर ब्रस गरेपछि प्रत्येक दिन दाँतमा रगेड्नुहोस् । यसो गर्दा दाँतमा चमक बढछ । छालाका लागि पनि फाइदा नै केराको प्रयोगले धेरै कुरामा फइदा त हुन्छ नै । यस्तै फाइदा मध्य अर्काे एक फाइदा हो–छाला (त्वचा)को स्वच्छता र सौन्दर्यता । केरामा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम, फोस्फोरस, कार्बाेहाइड्रेट्स भरपूर मात्रामा पाइने भएकाले छालाको स्वच्छता र सौन्दर्यता जोगाउन सहयोग गर्छ । छालाको लागि माइस्चराइजर हो केरा केरा खानका लागि स्वादिष्ट फल मात्रै होइन यो एक राम्रो माइस्चराइजर पनि हो । घरमै अनुहारमा लगाउन लेप बनाउनका लागि एक चौथाई पाकेको केरा, उसमा एक चम्चा मह तथा आधा चम्चा दहीलाई मिसाउनुस् । यसलाई राम्रोसँग मिसाएर आफ्नो अनुहारमा लगाउनुस् । लगभग १० देखि १५ मिनेटपछि मन तातो पानीले अनुहारलाई धुनु होस् । यसले अनुहारको चमक र छालाको स्वच्छतालाई निखार्छ । कपाललाई दिन्छ पुर्नजन्म लगातार रंग्याउँदा र केमिकलका कारण खराब र विग्रेको कपाललाई पुर्नजन्म दिन अर्थात पहिलेकै अवस्थामा ल्याउन केराले सहयोग गर्छ । भिटामिन बी र सीको श्रोत केरा हुनुको कारण यसले बेहत्तर पोषण दिन्छ । पोटासियम भरपुर रहेको केरा कपाललाई मुलायम पनि बनाउँछ । यदी तपाईंको कपाल धेरै सुख्खा र कडा छ भने एउटा केराको गुदीमा एक चम्चा ग्लिसरिन अथवा मह मिलाएर लेप बनाएर कपालमा लगाउनुस् । यसले कपालको समस्या हटाउँछ । पोलेको ठाउमा पीडा कम गर्छ आगोले पोल्दा हुने पीडा कम गर्न केरा प्रयोग गर्न सकिन्छ । छिलेको कारण केरा सधैं शुद्ध तथा संक्रमण मुक्त हुन्छ । राम्र्रोसँग पाकेको केराको गुदी शरीरको पोलेको ठाउँमा लगाएर कपडा बाँधी दिँदा तुरुन्त आराम मिल्छ । फुटेको खुट्टामा दिन्छ राहत यही तपाई खुट्टा फुटेकाले चिन्तित हुनुहुन्छ भने केराको प्रयोग गरी राहत लिनुस् । यसका लागि खुट्टालाई मनतातो पानीमा डुबाएर क्यूमिक स्टोनले सफा गर्नुस् । यसपछि केरा र नरिवलको तेल मिलाएर लेप बनाएर फुटेको ठाउँमा लगाउनुस् । नरिवल र केरामा बोसो र भिटामिन भरपूर हुन्छ, जस कारण खुट्टाको सौन्दर्यता जोगाउन मद्दत गर्छ । यस्तै यसले हात खुट्टामा आउने मुसाको समस्या हटाउन पनि मद्दत गर्छ । मुसा आएको ठाउँमा छिलेको केरा रगेड्दा तथा रातभर राखिदिँदा मुसाको समस्या हराउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१