चाहेको बेलामा किन हुँदैन सेक्स चाहना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७२, सोमबार २०:५३

वयस्क होस् या श्रीमान श्रीमती यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना कम हुन्छ । केहि महिलाहरुमा संक्रमण, हार्मोनको समस्या वा अन्य कुनै औषधीको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ ।

पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ । पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधी सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ ।

तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ ।

यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ ।
यौनमा चरम नहुने कीन
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् ।

पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो ।

पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ ।यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।

यौन शिक्षा वा ज्ञान,

यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।
शीघ्रपतन
किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण पनि हो । महिला रसबसको सुरु नहुदैँ वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ ।

पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ ।
समागममा दुखाई
समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचनका अन्य रोगहरु हुन् ।

केहि महिलाहरुलाई रसबसका क्रममा मांसपेशीको संकुचन भई पिडा अनुभव हुन्छ । यौन अंगमा शारिरीक हिसावले गड्बडी हुँदैन तर सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ ।

यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर समस्याको निर्कीयोल निकाल्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१