दोलखामा विद्यालय बनाउँदै प्रमोद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार १२:१३

Pramod-Kharelदोलखा  । चर्चित गायक प्रमोद खरेलले भूकम्पको चपेटामा परेर ध्वस्त भएको दोलखास्थित सुन्द्रावतीमा रहेको सरस्वती प्राथमिक विद्यालयको भवनलाई पुनःनिर्माण गरिदिने भएका छन् । अधिकांश विपन्न र थामी समुदायको बसोवास रहेको सुन्द्रावतीमा भूकम्पले ठूलो क्षती पुर्याएको थियो ।

एचबmयम प्जबचभगिायक खरेलका अनुसार विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र कन्सर्ट गरेर उठेको रकमले विद्यालय बनाउन लागिएको हो । ‘विद्यालयको पुनःनिर्माणकै लागि मेची अभियान धुलावारीको सहयोगमा हाँस्य कलाकार जितु नेपालसँग मिलेर हामीले झापामा कन्सर्ट गरेका थियौं, जसबाट उठेको तीन लाख रुपैँया यही विद्यालयको निर्माणमा खर्च गर्दैछौं,’उनले भने,‘टेक्सासमा रहेका भूटानी शरणार्थी, अमेरिकाका कुमार गुरुङ, लन्डन र अष्ट्रेलियामा रहेका नेपालीहरुले समेत यो अभियानका लागि सहयोग गर्नुभएको छ।

प्रमोदले निमुखा र विपन्न वर्गका विद्यार्थीहरु शिक्षाबाट बन्चित नहोउन् भनेर विद्यालय बनाइदिने अभियानमा जुटेको बताए । ४५ दिनमा बनाइसक्ने लक्ष्य लिएको अभियानका लागि १० लाख रुपैंयाँ खर्च हुने उनले जनाए ।

प्रमोदले यसअघि इ प्लानेटसंगको सहकार्यमा काभ्रेमा ५० घर निर्माण गरिदिएका थिए भने गोरखामा एक विद्यालय निर्माण गरेका थिए । काठमाण्डौंको धापाखेलमा पनि उनकै भुमिकामा भूकम्पपीडित परिवारका लागि घर बनाइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१