‘शिक्षक र कर्मचारीमा भेदभाब नगर ‘

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ श्रावण २०७२, मंगलवार ०६:४७

moeकाठमाडौँ । सामुदायिक विद्यालयका कर्मचारीले अस्थायी शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी युनियनले पत्रकार सम्मेलन गरी एउटै विद्यालयमा काम गर्ने कामदारको सेवा सुविधामा भेद्भाव गर्न नहुने बताएका छन् ।
युनियनका अध्यक्ष सुरेन्द्रप्रसाद कानुले सर्वोच्च अदालतले छ महिनाभित्र सेवा ऐन बनाएर कर्मचारीको समस्या समाधान गर्न निर्देशनात्मक आदेश दिए पनि शिक्षा मन्त्रालयले बेवास्ता गरेकोे बताए । युनियनका सचिव नवराज कठायतले कर्मचारीको समस्या समाधान गर्न उचित ध्यान दिनुपर्ने बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले २०५९ उता नियुक्ति पाएका सामुदायिक विद्यालयका कर्मचारीलाई अस्थायी शिक्षक सरह सेवा सुविधा दिने गरी तयारी गरिरहेको जानकारी दिए ।उनले शिक्षा मन्त्रालयले ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिँदै कर्मचारीका समस्या समाधान गर्न मन्त्रालय अघि बढिरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१