भक्तपुर पूर्ण साक्षर नगरपालिका घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार ११:४६

भक्तपुर, २४ साउन । भक्तपुर नगरपालिका पूर्ण साक्षर नगरपालिका भएको छ । ८१ हजार ७ सय ४८ जनसंख्या रहेको नगरपालिकामा ७७ हजार ८२ जना साक्षर भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यो ९६ दशमलब ०८ प्रतिशत हो । युनेस्केको परिषाभा र अन्र्तराष्ट्रिय मान्यता बमोजिम कुल जनसख्याको जम्मा ९५ प्रतिशत नागरिक साक्षर भए पछि उक्त क्षेत्रलाई पूर्ण साक्षर घोषणा गर्न सकिने प्रचलन छ ।

bhaktapur-edukhabarसोही अनुसार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष एवं सभासद नारायणमान बिजुक्छेले शुक्रबार भएको कार्यक्रममा नगरपालिकालकाई साक्षर घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले देशका कयौ सभासदलाई संविधान र ऐन कानूनका बारेमा अझै थाहा नभएको अबस्थामा देशमा सबै नागरिकलाई कम्तीमा पनि स्नातकसम्म गराउनु पर्ने बताए । कार्यक्रममा सभासदद्धय डिल्लीप्रसाद काफ्ले, प्रेम सुवाल, नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुरमा सुरु भएको एक घर एक स्नातक अभियान पुरा हुने बताउदै जिल्लालाई साक्षर मात्रै बनाउने नभई पूर्ण शिक्षा दिने व्यबस्था हुनुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१