खुल्ला विश्वविद्यालय खोल्ने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १०:५१

काठमाडौं, १९ साउन । सरकारले खुला शिक्षा प्रणालीबाट उच्चस्तरीय अध्ययन, अनुसन्धान गराउन खुल्ला विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । शिक्षा मन्त्रालयको प्रस्तावमा सरकारले संसद् सचिवालयमा दर्ता गराएको खुला विश्वविद्यालय विधेयक संसदमा पेस भइसकेको छ । खुल्ला विश्वविद्यालय गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक, भौतिक, प्राविधिक सहकार्यमा स्थापना हुन लागेको हो । सरकारको चक्रीय प्रणालीअन्तर्गत लगानी हुने गरी यो विश्वविद्यालय खोल्न लागिएको मन्त्रालयले जनाएको छ ।

eduनेपालमा खुल्ला विश्वविद्यालय नहुँदा विद्यार्थीहरू विदेशी खुला विद्यालयमा पढदै आएका छन् । विधेयकमा खुल्ला विश्वविद्यालमा कुन-कुन संकाय रहने भन्ने उल्लेख छैन । कार्यक्रम र विद्यार्थी संख्याका आधारमा संकाय निर्धारण गरिने भएको छ । त्यस्तै शिक्षण पद्धति र शैक्षिक कार्यक्रमको मूल्यांकन पनि तोकिएको छैन । खुल्ला विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ३ वर्षपछि विधेयक पारितका लागि प्रक्रिया अघि बढाइएको हो । ज्ञान र सीपमा आधारित प्रविधियुक्त जनशक्ति तयार गरी उच्च शिक्षामा सर्वसाधारणको पहुँच पुर्‍याउन खुला विश्वविद्यालय स्थापना गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१