सर्लाहीमा एसएलसी पुरक परिक्षा तयारी पुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ श्रावण २०७२, मंगलवार १०:०३

एस.पी.गौरब
सर्लाही, १९ साउन । बुधबारबाट सुरु हुने एसएलसी पुरक परिक्षालाई मध्ये नजर गर्दै सोमबार एसएलसी परिक्षा सञ्चालक समिति सर्लाहीको बैठक सम्पन्न भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी तथा एसएलसी परिक्षा सञ्चालक समितिका अध्यक्ष मेधनाथ काफ्लेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको बैठकले परिक्षालाई शान्त,अनुशासीत र मर्यादीत वनाउने निर्णय गरेको छ ।

एसएलसी मौका परिक्षा सञ्चालन गर्न सर्लाहीमा ४ वटा परिक्षा केन्द्र तोकीएको जिल्ला शिक्षा कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही सदरमुकाम मलंगवामा रहेको जेसीस मा.वी, पब्लीक मा.वी , कृष्णमती उमावी र गमरियामा रहेको लक्ष्मिदेवी मा.विमा परिक्षा केन्द्र तोकीएको छ । एसएलसी पुरक परिक्षामा २ विषय लागेका सर्लाहीबाट २ हजार २३ जना परिक्षार्थी सहभागी हुने परिक्षा समितिका अध्यक्ष तथा प्रजिअ काफ्लेले जानकारी दिनु भयो । समितिको बैठकमा ४ वटै केन्द्रका केन्द्राअध्यक्षलाई सहभागी गराई परिक्षलाई मर्यादीत वनाउन निर्देशन दिईएको छ । परिक्षा बुधबार बिहान ८ वजेदेखि ११ वजे सम्म चल्ने परिक्षा साउन २७ गते सकिने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१