स्कूल बस जलाउने नेतालाई छोड्न २४ घण्टे अल्टिमेटम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ११:४१

schoolbusकाठमाडौं, १५ साउन । विप्लव निकट अखिल क्रान्तिकारीले पक्राउ परेका दुई जना सदस्यलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । साउन ६ गते विहान मोर्डन इण्डियन स्कूलको बसमा भएको आगजनीमा संलग्न भएको आरोप सहित प्रहरीले क्रान्तिकारीका ताहचल क्याम्पस ईकाई सहसचिव खड्क केसी र नरेश ठकुरीलाई पक्राउ गरेको छ । घटनाको बारेमा कुनै जानकारी समेत नभएका विद्यार्थीलाई पक्राउ गरेको संगठनको दावी छ । अध्यक्ष शरद रसाईलीले विज्ञप्ति निकालेर उनीहरुलाई नछाडे उक्त स्कुलका गाडि चल्न नदिने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१