गुलियो सेवनले पुरुषको विर्य उत्पादनमा खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १२:०४

sexगुलियो पेयपदार्थ सेवनले पुरुषको सन्तान उत्पादनको क्षमता (फर्टिलिटी) मा आउने र वीर्यको गति कम हुने जस्ता समस्याको जोखिम बढी हुन्छ ।ह्युमेन रिप्रोडक्सन जर्नलमा प्रकाशित यो अनुसन्धानअनुसार गुलियो पेयपदार्थ सेवनले पुरुषमा फालिकल स्टुमेलिटिङ हार्मोनसमेत कम हुन्छ । अनुसन्धानअनुसार औसत रूपमा दिनहुँ तीन पटक गुलियो पेयपदार्थ लिने पुरुषमा यो खतरा बढी हुन्छ ।अनुसन्धानअनुसार गुलियो पेयपदार्थको सेवन पुरुषको लागि सोडाभन्दा पनि खतरनाक हुन सक्छ । अनुसन्धान अन्तर्गत १८ देखि २२ वर्ष उमेरसमूकका एक सय ८९ पुरुषको वीर्य परीक्षण गरिनुको साथै उनीहरूको खानपानबारे समेत जानकारी लिईएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१