नरिवलको पानी पिउनुका फाइदाहरु…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार ११:४३

नरिवलको पानी हामीमध्ये धेरैले खाने गरेका छौ । नरिवलको पानी हामी गर्मीमा शिलतताका लागि प्रयोग गर्छौ तर हामीमध्ये धेरैलाई यसको फाइदाबारे धेरै जानकारी छैन् ।

coconut-waterनरिवलको पानी खानाले हुने केही फाइदाहरू बारे जानी राखौ –

रक्त सञ्चारमाः नरिवलको पानीले मानिसमा हुने रक्तसञ्चारलाई नियमित बनाउन सहयोगगर्छ । शरिरमा हुने रक्त सञ्चारलाई निर्वाध रूपले हुन दिनका लागि नरिवलको पानी फाइदाकारी हुने गर्छ । यसले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्धत गर्छ ।

तौल घटाउनः नरिवलको पानीको नियमित प्रयोगले शरिरको तौल घटाउन समेत मद्धत गर्छ । यदी नरिवलको पानी पिउने बानी नियमित रूपमा बसाल्न सके मोटोपनको समस्याबाट छुटकारा पाउन सहज हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धीका लागिः नरिवलको पानीमा हुने पौष्टिक तत्व र भिटामिनहरू (राइबोफ्लोबिन, नियासिन, थाईमिन)लेरोग प्रतिरोधात्मक क्षमता बृद्धीमा फाईदा पुर्याउँछ ।

गर्भवती महिलालाईः नरिवलको पानी कब्जियत, मुटुको समस्यार पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवति महिलाहरूमटा हुन सक्नेती समस्याबाट छुटकारा पाउन मद्धत गर्छ ।

मृगौलाको काम क्षमता बृद्धीः यसमा पाइने मिनेरल्स, पोटासियम र म्याग्नेसियमका कारण मृगौलामा हुने समस्यालाई केी हदसम्म कम गर्न मद्धत गर्छ । यसले पिसाबको उत्पादन र निस्कासनमा समेत फाइदा पुर्याउँछ ।

छालाका लागिः यदी अनुहार या शरिरको अन्य भागमा डन्डिफोर छ भने नरिवलको पानी लगाएर रातभर छाड्ने गरे फाइदा गर्छ । यसले हात तथा नङ्गलाई समेत फाइदा पुर्याउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१