तपाईको यस कारण झर्छ कपाल ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार ११:२६

उमेरको वृद्धिसँगै कपाल झर्नु स्वाभाविक हो । तर कम उमेरमै वा कपाल झर्ने उमेरअगावै यो समस्या देखिनाले व्यक्तित्वमा निकै असर पुर्याउँछ । कपाल कुनै एउटै कारणले मात्र झर्दैन । चिकित्सा विज्ञानअनुसार सामान्यरुपमा मानिसको टाउकोबाट दैनिक एक सयदेखि डेढसयसम्म कपाल झर्ने गर्छ । यतिसम्म कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर विशेषज्ञका अनुसार दैनिक डेढ सयभन्दा बढी कपाल झरेमा त्यो चिन्ताको विषय हो । सामान्यतया कपालका तीन अवस्था हुन्छन्– बढ्ने, नबढ्ने र झर्ने । लामो समयसम्म कपाल बढ्छ, केही समयपछि त्यसको वृद्धि रोकिन्छ । त्यसपछि कपाल झर्ने क्रम सुरु हुन्छ । प्रायः प्राकृतिकरुपमा कपाल झर्दा सो ठाउँमा नयाँ कपाल उम्रिन्छ तर अन्य खराबीका कारण कपाल झरेमा त्यो समस्याको रुपमा देखा पर्छ । थाहा पाउनुहोस कपाल झर्ने केहि कारणहरु:

arशारीरिक तनाव – शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ । बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।

गर्भधारणका बेला– गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।

बढी भिटामिन सेवनका कारण – अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।

प्रोटिनको अभाव : अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।

पुरुषको तालुखुईलेपन : तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।

वंशाणुगत : पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।

मानसिक तनाव : शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।

एनिमिया : एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।

हाइपोथाइरोडिजम : घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।

भिटामिन बीको कमी : अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।

केमोथेरापी : क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।

रोकथाम गर्न सकिन्छ
कपाल झर्न नदिनका लागि केही उपायहरु अपनाउन सकिन्छ । नुहाउनुअघि केशमा तोरीको तेल तगाउनुपर्छ र कपालको हल्का मसाज गर्नुपर्छ । केशलाई सधैँ सुक्खा राख्नुहुँदैन । पोषणयुक्त खाना खानुपर्छ । तनावग्रस्त जीवनबाट टाढा रहनुपर्छ । कसै–कसैले नयाँ कपाल पलाओस् भनेर महिनामै २ पटकसम्म कपाल खौरिने गरेको पाइन्छ । यसो गर्दा कपालको जरा बलियो हुन्छ । तर यो समयमा पौष्टिक आहारको कमी भने हुन दिनुभएन । बारम्बार कपाल चलाइराख्ने, नुहाएपछि चिसै झड्कार्ने, कपाल तान्नेजस्ता बानी भए त्यस्ता बानीलाई पश्रय दिनुहुन्न । धेरैले आफ्नो कपाल झर्यो भन्दै जथाभावी बजारिया क्रिम, लोसन र केमिकलहरु लगाउने गरेको पाइन्छ । सम्बन्धित विशेषज्ञको सल्लाहविना जथाभावी त्यस्ता कस्मेटिक्सको प्रयोग गर्दा कपाल झर्न रोकिनुको साटो अझ धेरै झर्ने सम्भावना बढी देखिन्छ । त्यसैले कुन रोगका कारण कपाल झरेको हो भन्ने पत्ता लगाएर उपचार गर्नु उपयुक्त हुने सम्बन्धित चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१