आणविक कार्यक्रम सिमित पार्न इरान सहमत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १२:४०

एजेन्सी । आफ्नो आणविक कार्यक्रम सिमित पार्न इरान सहमत भएको छ । ६ शक्ति राष्ट्र अमेरिका, रुस, चीन, फ्रान्स, बेलायत तथा जर्मनी र इरानबीच भएको छलफलमा इरानको आणविक कार्यक्रम सिमित पार्ने सहमति भएको हो । त्यसको सट्टा इरानमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेछ । सहमतिमा इरानको आणविक क्षेत्रमा संयुक्त राष्ट्रसंघका प्रतिनीधिलाई अनुगमन गर्न अनुमति दिने, इरानमाथिका प्रतिवन्ध फुकुवा गर्ने लगायत उल्लेख छ ।

nnयद्यपी इरानले सहमति पालना नगरे ६५ दिनभित्र प्रतिबन्ध पुनःलागु हुन सक्ने जनाइएको छ ।
सहमतिमा संयुक्त राष्ट्रसंघको हतियार रोक्का र क्षेप्यास्त्रसम्बन्धी प्रतिबन्ध भने क्रमशस् ५ र ८ बर्षसम्म कायम रहने उल्लेख गरिएको बीबीसीले जनाएको छ । सहमतिपछि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले इरानसंग आणविक कार्यक्रमसम्बन्धी मार्गचित्रमा हस्ताक्षर भएको भन्दै यो महत्वपूर्ण कदम भएको जनाएको छ । यसअघि ६ शक्ति राष्ट्रले इरानले आणविक हतियार बनाउन लागिपरेको भन्दै आणविक कार्यक्रम सिमित पार्न आग्रह गर्दै आएका थिए । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै सबै अन्तर्राष्ट्रिय प्रतिवन्धहरु फुकुवा गर्नुपर्ने बताउदै आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१