ग्रीसलाई आर्थिक संकटबाट उकास्न युरोजोको सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७२, मंगलवार १०:४५

grissएजेन्सी । ग्रीसलाई आर्थिक संकटबाट उकास्न युरोजोनले थप सहयोगको घोषणा गरेको छ । बेल्जियमको ब्रसेल्समा युरोजोनका नेताहरुबीच लगातार १७ घण्टा भएको छलफलपछि ग्रीसलाई दिने सहयोग प्याकेजमा सहमति भएको हो । युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले सहयोग प्याकेजमा सैद्धान्तिक सहमति भएको बताउनुभयो । सो सहमतिअनुसार युरोपेली युनियनले ग्रीसलाई दिदै आएको सहयोग जारी रहनेछ । सहमतिसंगै ग्रीस युरोजोनबाट बाहिरीने खतरा टरेको युरोपेली कमिसनका प्रमुख जिन क्लाउडले बताउनुभयो । त्यसका लागि युरोजोनको माग अनुसार ग्रीसले आगामी बुधबारसम्म सुधारका कार्यक्रम भने पारित गर्नुपर्नेछ । सहमतिमा ग्रीसको आर्थिक संकट समाधानका लागि ५० अर्ब युरोको कोष खडा गर्ने र त्यसको आधा रकम ग्रीसका बैंकको पुँजी बढाउनमा खर्च गरिने उल्लेख छ । सहमतिपछि ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले कठिन युद्ध लडेको र ऋण सहायता प्राप्त गरेको भन्दै यसले युरोप एक भएको सन्देश विश्वभर पुर्‍याएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१