कोरियामा एक नेपाली मृत अबस्थामा फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार १०:२३

koriyaएजेन्सी । दक्षिण कोरियामा कार्यरत एक नेपाली कामदारको राती सुतिरहेको अवस्थामा मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कोरिया पुगेका कास्की, लेखनाथ नगरपालिका १२ का भुमेश्वर गुरुङको मृत्यु भएको त्यहाँबाट हाम्रा सहकर्मी देवेन्द्र सम्बाहाम्फेले जनाएका छन ।
गाडिको पार्टपुर्जा बनाउने कम्पनीमा कार्यरत गुरुङ हिजो साँझ घुम्न गएर राती मात्र कोठामा फर्किएका थिए । सुतेको केहि घण्टापछि श्वास प्रश्वासमा समस्या भएपछी संगै कार्यरत साथिहरुले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत्त घोषणा गरेका थिए । गुरुङ सन् २००९ को अक्टोबरमा कोरिया पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१