चीनको पूर्वी क्षेत्रमा शक्तिशाली आँधी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार ११:००

एजेन्सी । चीनको पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण तटीय क्षेत्रका ८ लाख भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । १ सय ८७ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण करिब ४ सय हवाई उडान रद्ध गरिएको छ ।
aadhiतिब्र गतिको हावा सहित आएको पानीले साङ्घाइ, जेझियाङ लगायतका स्थानमा पहिरो खस्ने जोखिम बढेको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले जनाएको छ । ती स्थानमा भारी बर्षासंगै तिब्र हावा चल्न थालेको छ । समुन्द्रमा १० मिटरसम्म छाल आएकाले माछा मार्न गएका करिब २९ हजार डुङ्गा फिर्ता बोलाइएको सिन्हवाले जनाएको छ । त्यहाँको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो सन १९४९ पछिको सबैभन्दा विनाशकारी आँधी हो । यसै साता फिलिपिन्स, ताइवान र जापानमा समेत आँधी आएको थियो । आँधीका कारण ५ फिलिपिन्स नागरिकको मृत्य भएको थियो भने दर्जनौ घाइते भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१