अमेरिकामा ग्यारीको सफलता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १२:४५

सन्जोग आचार्य
क्यालिर्फाेनिया । काभ्रेको विकट गाउँ सापिङमा जन्मीएका उद्धव गिरी (ग्यारी) ले अमेरिकामा प्राप्त गरेका सफलता पछाडि धेरै सघर्षका कथा छन् । क्यालिर्फोनिया राज्यको सेक्रेमेण्टोमा सफल घर जग्गा ब्यबसायीको रुपमा परिचय बनाएका गिरीले अमेरिकामा कठिन मेहनत गरेका छन् । वि.स २०२४ सालमा एउटा समान्य किसानको घरमा जन्मीएका गिरीले विश्वको सक्तिशाली देश अमेरिकामा पाएको सफलता, मेहनत र सघर्षका कथा क्यालिफोर्नियामा चर्चाको विषय पनि बन्ने गरेको छ । २५ बर्ष अघि अमेरिका छिरेका गिरीे रसिलो आखाँमा सघर्षका कथा सुनाउदैँ भन्छन्, “ रात पछि दिन हुन्छ भने जस्तै दुःख पछि सुःख हुन्छ । मानिसले जीवनमा कुनै पनि काम मन र दिमाग लगाएर गर्यो भने सफल हुन्छ ”

2 प्रवेशिका परीक्षाको एक पटकको असफलताले नै गिरीलाई जीवनमा सफल बनायो । काभ्रेको भूङ्ग्रुटार माध्यमिक विद्यालय कष्टपूर्ण ढंगले अध्ययन गरेका गिरी एसएलसीमा अनुतिर्ण भएपछि निरास भएर कामको खोजीमा राजधानीबाट काठमाडौं छिरेका थिए । सुरुका दिनमा डिल्लीबजारको एक होटलमा रुम व्वाइको रुपमा काम गरेका गिरी अहिले अमेरिकाको क्यालिफोनिया राज्यमा घर जग्गा कारोबारका सफल ब्यबसायीको रुपमा चिनिन्छन् । काठमाडौंबाट रित्तो हात अमेरिका छिरेका गिरीसंग अहिले ५ मिलियन डलरको बरावरको सम्पत्ति छ । शुरुमा ठमेलको एउटा समान्य होटलबाट काम सुरु गरेका गिरीको जीवनले ठमेलबाट डिल्लीबजार आएपछि नयाँ मोड लियो । डिल्लीबजारको पेल्सन बासनी होटलमा पर्यटकको रुपमा आएका एक अमेरिकी महिलासंग प्रेस सम्बन्धले उनको जीवनमा धेरै उतार चढाव ल्यायो ।

वि.स २०४६ सालमा नेपाल आएकी अमेरिकी नागरिक क्रिस्टिनसंको प्रेमले उनलाई अमेरिका सम्म पुर्याएको सम्झीदै मन्द मुस्कानमा गिरी भन्दछन्, “नेपालमा प्रेम बिवाह सम्बन्धी अध्ययन गर्न आएकी क्रिस्टिएन आफै नेपालीको प्रेममा परिन् । ” अमेरिका पुगेपछि क्रिस्टिएनले पटक पटक गिरीलाई निमन्त्रणा गरी अमेरिका बोलाइन् । तर तीन पटकसम्म पनि उनलाई अमेरिकाले भिषा दिएन । अबिवाहित भएकाले भिषा नपाएको थाहाँ पाएपछि क्रिस्टिनले गिरीसंग बिवाह गर्ने निर्णय गरिन् । चौथो पटकको निमन्त्रणा भने गिरीलाई अमेरिकाले ६ महिनाको भिषा दियो । त्यो समय उनको जीवनमा सबैभन्दा महत्वपूर्ण बन्न पुग्यो । भिषा लागेको दोस्रो दिन नै उनी अमेरिका उडे ।

4बिदेशी महिलासंग बिवाह गरी अमेरिका आएपनि उनले धेरै सघर्ष गरेका छन् । अमेरिकामा कोही कसैसंग निर्भर हुन चाहदैन । सबैले काम गर्नुपर्छ, त्यही अनुसार गिरीले पनि आफै काम खोज्न थाले । ”

अमेरिकामा योग्यता अनुसार रेष्टुरेष्टमा किचेन सफा गर्ने काम मात्र पाएपछि गिरी निराश भए । तर पनि उनले रातको १२ बजे देखि विहान ४ बजेसम्म भान्सा कोठा सफा गर्ने काम गरे । प्रारम्भिक शिक्षा मात्र हासिल गरेकाले उनले राम्रो काम पाएनन् । अमेरिका आएपछि उनलाई पढाईको महत्व थाहाँ भयो । २५ बर्षको उमेरमा उनले अमेरिकामा हाई स्कुल जाने निधो गरे । नेपालमा दश कक्षा उत्तिर्ण गरेका उनले अमेरिकामा हाइस्कुल पास गरे । गिरीलाई थप पढ्ने इच्छा लागेपछि ट्राभल एण्ड टुरिजम विषयमा स्नातक पनि सके । स्नातक गरेपछि उनी फेरी राम्रो जागीरको खोजीमा भौतारिन थाले । तर पढे अनुसार जागिर फेरी पाएनन् ।

कठिन सघर्ष पछि पनि सफल हुन नसकेपछि गिरी नेपाल फर्किए । अमेरिका बसेको छोराले पैसा कमाएर ल्याएको छ भन्न लागेका उनका परिवारले काठमाडौंमा घर, जग्गा समेत हेरेका थिए । तर छोरा रित्तो हात आएको थाहाँ पाएपछि परिवारमा निराशा छायो । परिवारको अनुहारमा निराशाा देखेपछि फेरी अमेरिका फर्कने निधो गरेको जनाउदैँ गिरी भन्दछन्, “त्यसपछि मैले अमेरिका आएर दुई सिफ्ट काम गर्न थाले । ”
1गिरीले अमेरिकामा होम डेलिभरीको काम शुरु थाले । दुई सिफ्टमा उनले कठिन परिश्रम गरी काम थालेपछि पछाडि फर्केर भने हेर्नुपरेन । विहान १० देखि ५ बजेसम्म अमेरिकामा घर जोड्नको लागि उनी काम गर्थे । साझ ५ बजे देखि ११ बजेसम्म नेपालमा घर जग्गा जोड्नको लागि उनले काम गरे । दुई बर्षमा उनले काठमाडौं र अमेरिकामा दुबै स्थानमा घर जोड्न सफल भए । अहिले गिरीको अमेरिकामा चार वटा घर छ भने एउटा स्टोर छ । करिब ५ मिलियन डलर बरावरको उनको सम्पत्ति मात्र छ ।

तीन बर्ष अघि घर जग्गा कारोवार थालनी गरेका गिरी यसमा पनि सफलता हासिल गरिरहेका छन् । घर जग्गा कारोबार सम्बन्धी अमेरिकाको पहिलो नम्बरमा आउने क्यालर विलियम्स कम्पनीमा एजेण्टको रुपमा काम गर्ने गिरीको यसबाट पनि बार्षिक आम्दानी राम्रो छ । अमेरिकामा अध्ययन गरी घर जग्गा कारोबार सम्बन्धी लाइसेन्स पाएपछि पहिलो पटक उनले आफ्नै बहिनीको घर बिक्री गरे । त्यसपछि अमेरिकाको सेक्रोमेण्टो राज्यमा उनले धरैको घर जग्गा विक्री गरिसकेका छन् । यो ब्यबसायलाई थप बढाउदै लैजाने गिरीको योजना छ । गिरी सिट्रस हाइट चेम्बर अफ कमर्सका बोर्ड अफ डाइरेक्टर पनि छन् । क्यालिफोनिायको सिट्रस हाइटमा विकास सम्बन्धी नीतिमा पनि उनी संलग्न छन् । उनी नेपाल अमेरिका फेडरेसन अफ कल्चरल एसोसियसन (नाफ्का) का पूर्व अध्यक्ष हुन् । उनको सक्रियतामा नेपालमा भूकम्प जादा तीन लाख बरावरको सहयोग पनि हस्तान्तरण गरिएको थियो । गिरीको सक्रियतामा नेपालको पर्यटनलाई अमेरिकामा प्रबद्र्धन गर्न नेपाल डे पनि आयोजना हुदै आएको छ । अमेरिकाको क्यालिर्फोनिया राज्यमा नेपालका वाणिज्य दूत नियुक्त गरी ब्यापार ब्यबसाय प्रबद्र्धन गर्नुपर्ने धारणा गिरीको छ । पर्यटनका सद्भाव अनिल पाण्डेको सक्रियता देखिए पनि क्यालिफोर्नियामा वाणिज्य दूतको खासै सक्रियता नदेखिएको गिरी बताउछन् । गिरीले अब आफू समाज सेवामा समर्पित हुन चोहेको पनि बताएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१